close

भारतीय गेमिङ स्टार्टअप कम्पनी ‘प्ले सिम्पल’ ४३ अर्बमा बिक्री

टेकपाना टेकपाना

असार १८, २०७८ २०:४०

भारतीय गेमिङ स्टार्टअप कम्पनी ‘प्ले सिम्पल’ ४३ अर्बमा बिक्री

काठमाडौं । भारतीय गेमिङ स्टार्टअप कम्पनी ‘प्ले सिम्पल’ ४३ अर्बमा बिक्री भएकाे छ । स्विडेनको गेमिङ जायन्ट मोर्डन टाइम्स ग्रुप (एमटीजी) ले ‘प्ले सिम्पल’ खरिद गरेको हाे ।

प्ले सिम्पल भारतको गेमिङ क्षेत्रमा एउटा उत्कृष्ट स्टार्टअप कम्पनीको रुपमा उदाइरहेको छ । यस्तोमा एमटीजीले ३ सय ६० मिलियन डलर अर्थात् ४३ अर्ब ५ करोड रूपैयाँभन्दा बढी रकममा खरिद गरेको हाे ।

एमटीजीका अनुसार कम्पनीले उक्त रकमको ७७ प्रतिशत कम्पनीका शेयर होल्डरलाई क्यासको रुपमा उपलब्ध गराउने छ । भने, बाँकी रहेको रकम शेयरको रुपमा रहने छ । यसको अर्थ प्ले सिम्पलमा हाल रहेका शेयर होल्डरको पनि यसमा शेयर बाँकी रहने छ ।

त्यतिमात्रै नभएर प्ले सिम्पलको हकमा १५० मिलियन रिवार्ड पनि राखिएको छ, जसअनुसार कम्पनीले तोकिएको समयमा राम्रो काम गर्न सकेको खण्डमा साे रकम प्राप्त हुनेछ । 

यसअघि सन् २०१६ मा प्ले सिम्पलले कम्पनीको मूल्य १६ मिलियन डलर बनाएर फन्ड राइजको क्रममा इल्भेसन क्यापिटलमार्फत ४ मिलियन डलर लगानी भित्र्याएको थियो । त्यसअघि कूल ४.५ मिलियन डलर लगानीमा बैङ्गलोरबाट आफ्नो व्यवसाय सुरु गरेको थियो ।

प्ले सिम्पलले बनाएको गेम अहिले विश्व बजारमा धेरै नै चर्चित छन् । जसमा ‘डेल्लि  थेम्ड क्रसवर्ड’, ‘वर्ल्ड ट्रिप’, ‘वर्ल्ड जाम’, ‘वर्ल्ड वार’ जस्ता गेम रहेका छन् । यी गेमका कारण कम्पनीले गत वर्षको तुलनामा १४४ प्रतिशतले आम्दानी वृद्धि गरेकाे थियाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३