close

२ मिनेट कलको पैसा तिरेपछि स्मार्टमा अनलिमिटेड कुराकानी, यसरी प्रयोग गर्नुहोस् सेवा

टेकपाना टेकपाना

असार १९, २०७८ १०:४५

२ मिनेट कलको पैसा तिरेपछि स्मार्टमा अनलिमिटेड कुराकानी, यसरी प्रयोग गर्नुहोस् सेवा

काठमाडौं । स्मार्ट टेलिकमले ‘दुईपछि फ्रि’ अफर सुचारू गरेकाे छ । यसअन्तर्गत स्मार्टबाट स्मार्टकै नेटवर्कमा फोन गर्दा अब प्रयोगकर्ताले पहिलो दुई मिनेटको मात्रै शुल्क बुझाउँदा हुने भएको छ ।

कम्पनीले सिस्टम सुचारु भएको जानकारी दिँदै ग्राहकले अब यो सेवाबाट लाभ लिनसक्ने जनाएको छ । याे अफरअन्तर्गत पहिलो दुई मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटिने छ भने त्यसपश्चातको बाँकी कुराकानी निःशुल्क रुपमा गर्न सकिन्छ ।

‘नेटवर्क जसले दिन्छ तपाईंलाई धेरै’ भन्ने नाराका साथ अघि बढिरहेको स्मार्टले आम उपभोक्ताको सञ्चारसँगको असीमित पहुँचलाई बढवा दिन यो योजना अघि बढाएको हो । यो योजना प्रयोगका लागि स्मार्ट प्रयोगकर्ताले *१४१*१*५*१# डायल गरी सेवा सुचारू गर्नसक्ने छन् ।

ग्राहकले थप जानकारीको लागि १४२४२/९६११००४२४२ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३