close

ह्वावे कम्पनी एप्पल सरह शक्तिशाली : क्वालकम

टेकपाना टेकपाना

असार १९, २०७८ ११:४८

ह्वावे कम्पनी एप्पल सरह शक्तिशाली : क्वालकम

काठमाडौं । क्वालकमका नयाँ सीईओ क्रिस्टियानो एमोन ह्वावे कम्पनी एप्पल सरह शक्तिशाली रहेको बताएका छन् । सीईओ भएपछि सञ्चारमाध्यमसँग पहिलो अन्तर्वार्ता दिँदै उनले स्मार्टफोनको बजारमा एप्पलजस्तै ह्वावे पनि उक्तिकै शक्तिशाली रहेको बताएका हुन् ।

उनले चिनियाँ बजारमा समेत क्वालकमलाई बलियो बनाएर अझ धेरै आम्दानीको स्रोत निर्माण गर्ने अपेक्षा रहेको बताए । उनले जुन रुपमा आज ह्वावेको बजारमा ठूलो असर परेको छ, त्यसले स्मार्टफोनको बजारमा एउटा ‘ग्याप’ सिर्जना भएको बताए ।

साथै उनले हाई–इन्ड स्मार्टफोनमा ह्वावेका लागि राम्रो अवसर रहेको र त्यसैबाट पनि एप्पलको जस्तै ठूलो बजार स्थापित गर्नसक्ने बताए । उनले चिनियाँ ब्राण्डमा लगाइएको प्रतिबन्धका कारण कम्पनीको आम्दानीमा समेत असर परेको उल्लेख गरेको छन् ।

उनले एक वर्षको अवधिमा क्वालकम चिपसेटको आम्दानी १६.५ बिलियन डलर भएकोमा त्यसमध्ये १२.८ बिलियन डलर मोबाइल फोनबाटै भएको बताए । त्यसैले पनि स्मार्टफोनको बजारमा कम्पनीलाई अझ बढी प्रभावकारी बनाउँदै लानुपर्ने राय उनले व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३