अनलाइन कक्षाको अनुभवसहित भिडिओ बनाउँदा ल्यापटपसँगै लाखौंको उपहार जित्ने अवसर

Online class in nepal

काठमाडौं । कोरोना भाइरसपछि पहिलो चरणको तीन महिनाभन्दा लामो लकडाउन सकिएर अहिले मुलुक दोस्रो चरणको महामारीमा छ । कोभिड–१९ को संक्रमण चुलिँदै गएपछि विगत पाँच महिनादेखि बन्द रहेका विद्यालयहरु कहिलेदेखि सञ्चालनमा आउँछन्, कुनै टुंगो छैन ।

यस किसिमको अन्यौलताले सिंगो शैक्षिक शत्र नै पछाडि धकेलिने चिन्ता बढ्दै गएको छ । यस्तोमा सरकारले शैक्षिक सत्रलाई प्रभावित हुन नदिन वैकल्पिक सिकाईका माध्मयबाट पढाई सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

यसको अर्थ अब अनलाइन कक्षा तथा वैकल्पिक माध्यमबाट सञ्चालन हुने कक्षालाई नै सरकारले मान्यता दिनेछ । यस्तोमा ‘वेद सिस्टम’ अनलाइन सिकाइका लागि उपयुक्त माध्यम बनेको छ । 

जसले हाल ६ सय ५० भन्दा बढी विद्यालयलाई प्रविधिमार्फत प्रभावकारी सञ्चालनका साथै भर्चुअल माध्यमबाट कक्षा सञ्चालनमा सहयोग पुर्‍याउँदै आएको छ । अनलाइन कक्षा मात्र होइन, वेदले अनलाइनबाटै गृहकार्य दिन सकिने र परीक्षा सञ्चालन गर्न सकिने प्रणाली समेत विकास गरेको छ । 

उत्कृष्ट अनलाइन सिकाइ प्रविधि र त्यसमा बिक्रीपछिको सेवालाई प्राथमिकमा राख्दै आएको वेदले अब शिक्षक तथा विद्यार्थीलाई एकै ठाउँमा ल्याएर लाखौं मूल्यका विभिन्न उपहार समेत प्रदान गर्ने भएको छ । त्यसका लागि कम्पनीले ‘हातहातमा शिक्षा’ नामक अभियान थालेको छ ।

यो अभियान सामाजिक सञ्जाल फेसबुकमा एक महिनासम्म चल्नेछ । यसका लागि वेदले खल्ती मोबाइल वालेटसँग सहकार्य गरेको छ । कोभिड–१९ को समयमा अनलाइन शिक्षालाई सफल बनाउन विद्यार्थी र शिक्षकले गरको योगदानलाई सम्मान गर्न कम्पनीले यो ‘हातहातमा शिक्षा’ सञ्चालनमा ल्याएको हो । 

यो योजनामा सहभागी हुने शिक्षक तथा विद्यार्थीले अनलाइन कक्षाको अनुभवसहित ३० सेकेन्ड लामो भिडिओ बनाउनुपर्ने छ । जसलाई उनीहरुले आफ्नो फेसबुकमा शेयर गर्नुपर्नेछ ।

भिडिओमार्फत आफ्नो अनुभव शेयर गर्ने सबै सहभागीले खल्ती वालेटमा सय रुपैयाँ ब्यालेन्स प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट हुनेलाई ल्यापटप सहित लाखौं मूल्यका आकर्षण पुरस्कार समेत प्रदान गरिनेछ । 

कसरी सहभागी हुने ? 

  • यो क्याम्पेनमा सहभागी हुन शिक्षक तथा विद्यार्थीले आफ्नो अनलाइन कक्षाकाे अनुभव सहितकाे भिडिओ फेसबुकमा सबैले देख्न सकिनेगरी शेयर गर्नुपर्नेछ ।
  • यसरी बनाएको भिडिओ कम्तिमा ३० सेकण्डको हुनुपर्ने छ ।
  • वेदको फेसबुक पेज लाइक तथा फलो गर्नुपर्नेछ ।
  • भिडिओ पोस्ट गर्दा #HaatHaatmaShikshya #Veda #Khalti ह्यासट्याग राख्नु गर्नुपर्नेछ ।

यस्ता छन्, उपहार

  • वेद गुरु (उत्कृष्ट शिक्षक) – एक जना शिक्षकलाई ५० हजार बराबरको ल्यापटपसँगै ४ जना शिक्षकलाई खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स प्रदान गरिनेछ । तर, यो पुरस्कारका लागि वेद सिस्टम प्रयोग गर्ने शिक्षक हुनुपर्नेछ ।
  • फ्युचर लिडर (उत्कृष्ट विद्यार्थी)– एक जना विद्यार्थीलाई ५० हजार रुपैयाँ बराबरको ल्यापटप र ४ जनालाई खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स । 
  • न्यु अन दि ब्लक पुरस्कार– उत्कृष्ट शिक्षक (वेद सिस्टम प्रयोग नगर्नेलाई) ५० हजार रुपैयाँ मूल्य पर्ने वेदको सब्स्क्रिप्सन एक वर्षको लागि निःशुल्क, साथमा खल्ती वालेटमा १० हजार रुपैयाँ ।
  • साप्ताहिक पुरस्कार अन्तर्गत कारखानामार्फत नौ जनालाई विशेष पुरस्कार ।
  • हरेक सहभागीलाई खल्ती वालेटमा सय रुपैयाँ नगद । 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team