close

अमेजनको कार्यकारी प्रमुखबाट आज बिदा हुँदै बेजोस, नयाँ सीईओमा यान्डी ज्यास्सी

टेकपाना टेकपाना

असार २१, २०७८ १६:३

अमेजनको कार्यकारी प्रमुखबाट आज बिदा हुँदै बेजोस, नयाँ सीईओमा यान्डी ज्यास्सी

काठमाडौं । ईकमर्श जायन्ट अमेजनका सीईओ जेफ बेजोस आजदेखि कार्यकारी भूमिकाबाट बाहिरिँदै छन् । आफैंले सुरु गरेको कम्पनीमा लामो समयसम्म कार्यकारी प्रमुखको रूपमा बिताएका उनले केही हप्ताअघि राजीनामा गर्ने घोषणा गरेका थिए ।

३० वर्षअघि उनले आफ्नो ग्यारेजबाट अमेजनको सुरुवात गरेका थिए । लामो समयसम्म कम्पनीको नेतृत्व गरेका बेजोस अब भने अन्य भेन्चरमा समय र उर्जा खर्च गर्ने मनस्थितिमा छन् ।

अब बेजोसको स्थानमा भोलिदेखि अमेजनकै क्लाउड कम्प्युटिङ बिजनेसका प्रमुख यान्डी ज्यास्सीले भूमिका निर्वाह गर्नेछन् ।

बेजोसले आफू कम्पनीको प्रमुख कार्यकारी भूमिकामा नरहे पनि पूर्व कार्यकारी प्रमुखको रुपमा अन्य महत्वपूर्ण काममा भने सहभागी भइरहने छन् ।

अमेजनबाट बिदा लिएपछि डे वान फण्ड, द बेजोस अर्थ फण्ड, ब्लु ओरिजिन, वासिङटन पोस्ट र आफ्ना अन्य ‘प्यासन’ मा केन्द्रित उनले बताएका छन् ।

यसैबीच उनी आफ्नो स्पेस कम्पनी ब्लु ओरिजनमार्फत यही जुलाई २० मा अन्तरिक्ष यात्रामा जान लागेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३