close

फोनमा यो एप डाउनलोड गर्नुभएको छ भने तपाईंलाई ह्वाट्सएपले गर्नेछ ब्लक

टेकपाना टेकपाना

असार २१, २०७८ २०:११

फोनमा यो एप डाउनलोड गर्नुभएको छ भने तपाईंलाई ह्वाट्सएपले गर्नेछ ब्लक

काठमाडौं । विश्वमा सबैभन्दा धेरै प्रयोगमा आएको म्यासेजिङ एप ह्वाट्सएप प्रयोग गर्नबाट धेरै प्रयोगकर्ता वञ्चित हुनसक्ने भएका छन् । ह्वाट्सएपको नक्कली भर्सन भाइरल भएसँगै कम्पनीले चेतावनी दिँदै प्रयोगकर्तालाई यो विषयमा सचेत गराएको हो ।

‘जीबी ह्वाट्सएप’ (GB Whatsapp) को नाममा केही सातादेखि सामाजिक सञ्जालमा भाइरल बनिरहउकाे याे एप ह्वाट्सएप कम्पनीकै कुनै नयाँ प्रडक्टजस्तै देखिन्छ । उक्त एपमा उपलब्ध फिचर सक्कली ह्वाट्सएपमा भन्दा बढी भएकाे चर्चा समेत गरिएकाे छ ।

नक्कली ह्वाट्सएपमा प्रयोगकर्ताका लागि ‘अटो रिप्लाई’ सुविधासमेत रहेकाे दाबी गरिएकाे छ । भाइरल भएको उक्त नक्कली एप छोटो समयमा विश्वव्यापी रूपमै उल्लेख्य संख्यामा डाउनलोड भइरहेकाे छ ।

Download gbwhatsApp, download the latest update 2021

एप भाइरल भएसँगै ह्वाट्सएपले त्यस्ता थर्ड पार्टी एप तथा सफ्टवेयर डाउनलोड गरेको खण्डमा सक्कली ह्वाट्सएप अकाउन्ट ब्लक हुनसक्ने चेतावनी दिएको हो ।

कम्पनीले ‘जीबी ह्वाट्सएप’ काे नाम उल्लेख नगरे पनि साे एप चलाउने प्रयाेगकर्तालाई सचेत बनाउन यस्ताे चेतावनी दिएकाे हुनसक्ने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३