close

स्मार्टडोकोमा १५ सयभन्दा बढीको सामान खरिद गर्दा ‘सामसङ वाच’ जित्न सकिने

टेकपाना टेकपाना

असार २१, २०७८ १९:६

स्मार्टडोकोमा १५ सयभन्दा बढीको सामान खरिद गर्दा ‘सामसङ वाच’ जित्न सकिने

काठमाडौं । आईएमएस ग्रुप अन्तर्गतको अनलाइन मेगास्टार स्मार्टडोकोले ‘स्मार्टडोको मनसुन अफर’ सञ्चालनमा ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले हरेक दिन एउटा सामसङ वाच जित्न सक्नेछन् । यसका लागि १५ सय रूपैयाँभन्दा बढीको सामान खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यसका साथै हिमालयन बैंकका प्रिपेड र क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत क्यासब्याक (बढीमा पाँच सय रूपैयाँसम्म) प्राप्त गर्नेछन् । स्मार्टडोकोले मनसुन र समरका सामग्रीहरू तथा इलेक्ट्रोनिक्स, बेबी प्रडक्ट, किचनवेयर र अन्य कयौं सामानमा ७३ प्रतिशतसम्म छुट अफर ल्याएको छ ।

स्मार्टडोकोले सामसङ, भिडियोकोन, हाइसेन्स, डा. ब्राउन, क्रेन, बीबीलुभ, सीजीजस्ता ब्राण्डका उत्पादनमा आकर्षक अफरसमेत ल्याएको जनाएको छ ।

ग्राहकले विभिन्न प्रकारका क्याटेगोरी र सब–क्याटेगोरीमा १० हजारभन्दा बढी प्रडक्टहरु खरिद गर्न सक्नेछन् । जहाँ सजिलैसँग बेबी केयर इलेक्ट्रोनिक्स फुड र ग्लोसरी, कोभिड अत्यावश्यक सामग्री, स्वास्थ्य र सुन्दरता, होम एण्ड लिभिङ र अन्य प्रडक्ट किन्न सकिने छ ।

ग्राहकले चक्रपथभित्र निःशुल्क डेलिभरी (न्यूनतम २५० रुपैयाँको खरिदमा) र चक्रपथबाहिर र काठमाडौं उपत्यकाबाहिर न्यून डेलिभरी शुल्कमा सामान प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार यो अफर असार २२ गतेदेखि असार २६ गतेसम्म मान्य हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३