चीनमा चर्चित राइड शेयरिङ एप ‘दिदि’ माथि प्रतिबन्ध

काठमाडौं । चीनमा राइड शेयिरङ कम्पनी ‘दिदि’ माथि प्रतिबन्ध लगाइएको छ । प्रयोगकर्ताको संवेदनशील डेटा संकलन गरेको भन्दै त्यहाँको नियामक निकाय साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइना (सीएसी) यो एपलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

चीनको डेटा संरक्षण नीति उल्लंघन गरेको ठहर गर्दै दिदिको ग्लोबल एपमाथि प्रतिबन्ध लगाइएको सीएसीले जनाएको छ । उसले स्मार्टफोनका एप स्टोरहरूलाई चीनमा यो एप उपलब्ध नगराउन आदेशसमेत दिएको छ ।

सन् २०१२ मा चीनमा स्थापना भएको ‘दिदि’ अहिले विश्वका धेरै देशमा सेवा दिइरहेको छ । चीनमा मात्रै ‘दिदि’ का ३७ करोडभन्दा धेरै प्रयोगकर्ता छन् ।

यो प्रतिबन्धसँगै अब दिदिले अब नयाँ प्रयोगकर्ता पाउने छैन । तर एप प्रयोग गरिरहेका ग्राहक र ड्राइभर भने याे घटनाबाट प्रभावित नहुने बताइएको छ ।

गत जुलाई १ मा अमेरिकाको स्टक मार्केटमा प्रवेश गरेलगत्तै चिनियाँ नियामकले डेटा संकलन गरेको भन्दै दिदिमाथि प्रतिबन्ध लगाउने घाेषणा गरेकाे हाे ।

अमेरिका र चीनबीच तनाव सिर्जना भइरहेका बेला दिदि अमेरिकी बजारमा सूचीकृत भएको थियो । लगत्तै चीनले प्रतिबन्ध लगाउने घोषणा गर्नुलाई साइबर सुरक्षासँग जोडिएर हेरिएको छ ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team