close

पहिलो वर्षमै नेपालका प्रमुख सहरमा पुग्यो डिशहोम फाइबरनेट

टेकपाना टेकपाना

असार २२, २०७८ १९:३३

पहिलो वर्षमै नेपालका प्रमुख सहरमा पुग्यो डिशहोम फाइबरनेट

काठमाडौं । डिशहोमले प्रयोगकर्ताको माग अनुसार उच्च गतिको इन्टरनेट सेवाको विस्तारलाई तीव्रता दिएको छ । डीटीएच टेलिभिजन सेवाप्रदायकको रुपमा रहेको कम्पनीले ग्राहकको मागलाई मध्यनजर गर्दै गत वर्ष डिशहोम फाइबरनेट सुरु गरेको थियो । 

डिशहोम फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो‚ किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । डिशहोम फाइबरनेटको साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित‚ डिशहोमका ग्राहकहरूका लागी डिशहोम टिभीको नि:शुल्क सदस्यता‚ आकर्षक छुटहरू‚ नि:शुल्क डिशहोम गो एप र एक्सभीओडी जस्ता विभिन्न सुविधाहरू उपलब्ध छन् ।

फाइबरनेटमा १० एमबीपीएसदेखि १०० एमबीपीएससम्मका प्याकेज उपलब्ध छन् । काठमाडौँ‚ भक्तपुर‚ ललितपुर‚ हेटौंडा‚ इनरुवा, इटहरी र बिराटनगरमा कम्पनीले यस अघि नै आफ्नो सेवा पुर्‍याइसकेको छ । नेपालभर सेवा विस्तार गर्ने लक्ष्य लिएको डिशहोम फाइबरनेटले पछिल्लो पटक बर्दिवास‚ बुटवल‚ ढल्केबर र शंखमुलमा समेत आफ्नो सेवा दिन थालेको छ ।

छिट्टै नेपालका प्रमुख सहर पोखरा‚ नेपालगञ्ज‚ धनगढी‚ बिर्तामोड‚ जनकपुर‚ वीरगन्ज लगायतका स्थानमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । ९८०१५४४००० मा सम्पर्क गरी डिशहोम फाइबरनेटको बारेमा थप जानकारी लिन सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३