close

एरिक युआन : जसलाई कोरोनाभाइरस र जुमले एकाएक अर्बपति बनायो

टेकपाना टेकपाना

असार २३, २०७८ ६:५९

एरिक युआन : जसलाई कोरोनाभाइरस र जुमले एकाएक अर्बपति बनायो

काठमाडौं । कोभिड-१९ को महामारी सुरू हुनु अघिम्म तपाईंले पक्कै उनको नाम सुन्नु भएको थिएन । हुनसक्छ, अहिले पनि सुन्नुभएको छैन । तर, कोभिडले पुरा विश्व ग्रसित हुँदा उनले जन्माएको अनलाइन प्लेटफर्म भने एकाएक चर्चित बन्यो । यो अवधिमा तपाईंले पनि उनको प्लेटफर्म प्रयोग गरेर कुराकानी गरिरहनु भएको छ होला ।

भिडियो कन्फ्रेन्सिङ कम्पनी जुमका संस्थापक ५१ वर्षीय एरिक युआनले कोभिड-१९ महामारी सुरू भएपछि आफ्नो व्यवसायमा पछि फर्केर हेर्नुपरेको छैन । जुमकै कारण जीवनमा पहिलो पटक उनी फोर्ब्सको अर्बपतिको सूचीमा सामेल हुन सफल भए । फोर्ब्स म्यागेजिनले एरिक युआनको हैसियत १७ अर्ब अमेरिकी डलर (२० खर्ब २३ करोड रूपैयाँभन्दा धेरै) रहेको अनुमान गरेको छ ।

खानी इन्जिनियरका छोरा एरिक युआनको जन्म चीनको सान्डोम प्रान्तमा भएको थियो । चीनमा इन्जिनियरिङको पढाइ, फेरि जापानमा चार वर्षको जागिर अनि त्यसपछिको गन्तव्य अमेरिका । एरिक युआनको जिन्दगीमा अरु शिखर पनि आउने वाला थियो ।

तर, उनका लागि यो यात्रा त्यति सहज भने भएन । एरिक बिल गेट्सबाट प्रभावित थिए, सबैभन्दा धनी देशमा पुग्न चाहन्थे । सन् १९९० को दशकमा क्यालिफोर्नियामा फलिफाप भइरहेका प्रविधि कम्पनीमा उनी सामेल हुन चाहन्थे । तर, त्यसका लागि यस्तो थिएन कि त्यहाँ कुनै ढोकामा उनका लागि कोही कुरी बसेको होस् ।

अमेरिकामा काम गर्ने अनि बस्ने अनुमति प्राप्त गर्नुअघि उनको भिषा आवेदन आठ पटकसम्म रद्द भइसकेको थियो । तर, तमाम चुनौतिका बावजूद सन् १९९७ मा २७ वर्षको उमेरमा एउटा नयाँ जिन्दगी सुरु गर्न सिलिकन भ्याली पुग्न सफल भए । निश्चित रुपमा उनको अंग्रेजी कमजोर थियो, तर आफ्नो प्रतिभा माझ्नका लागि उपयुक्त स्थान पहिल्याउन त्यति धेरै समय भने लागेन ।

प्रविधि सम्बन्धी कम्पनी वेब एक्समा प्रोग्रामरको रुपमा उनको यात्रा सुरु भयो । दशक पछि वेब एक्सलाई सिस्को नामक कम्पनीले खरीद गर्‍यो । जहाँ एरिक युआनले इन्जिनियरिङ विभागका प्रमुखको जिम्मेवारी पाए ।

सन् २०११ मा उनले सिस्कोका अधिकारीहरुलाई एउटा यस्तो भिडियो कन्फ्रेन्सिङ एप डेभलप गर्ने आइडिया दिए, न केवल डेक्सटप तथा ट्याब्लेटमा काम गर्दथ्यो, मोबाइल फोनबाट समेत एक्सेस गर्न सकिने थियो । तर, सिस्कोमा यो आइडिया खारेज भयो । 

एरिक भने रोकिएनन् । उनले आफ्नो व्यवसाय जुम सुरु गर्न पदबाट राजीनामा बुझाइदिए ।

अनलाइन पब्लिसिङ प्लेटफर्म मिडियमलाई दिएको एक अन्तर्वार्तामा एरिकले भनेका छन्, ‘जब मैले पहिलो पटक जुमको कल्पना गरेको थिएँ, त्यतिखेर म चीनमा एक विश्वविद्यालयको विद्यार्थी थिए । मलाइ आफ्नी गर्लफ्रेन्डलाई भेट्न अक्सर १० घण्टाको रेल समात्नुपर्ने हुन्थ्यो । जो अहिले मेरी श्रीमति छिन् । मलाई त्यसरी यात्रा गर्नु कुनै पनि हिसावले मन परेको थिएन । म सोच्ने गर्दथें, कुनै यस्तो तरिका होस्, ता कि यात्रा बिना नै आफ्नी गर्लफ्रेन्डसँग भेटौं ।’

यो त्यही सपना थियो, जसमा जुमको आधार अडेको थियो । तर, परियोजनाका लागि रकम जुटाउनु कम्ति चुनौतीपूर्ण थिएन । सिस्को छोडेपछि यस्तो लगानीकर्ता, जसलाई उनको परियोजनामा भरोसा होस्, जुन आफैमा मुस्किलको काम थियो ।

लगानीकर्ताको तर्फबाट आउने अस्वीकृतिको कारण यो थियो कि यस किसिमको व्यवसायमा त्यति धेरै संभावना बाँकी छैन । अरु कुनै नयाँ खेलाडीका लागि ठाउँ पनि छैन ।

फाइनाइन्सियल अखबारका अनुसार यसका लागि एरिक युआनले आफ्ना साथी तथा परिवारबाट रकम जोहो गरे । उनले अखबारलाई बताएका छन्, ‘यति तपाईंलाई कुनै व्यवसाय सुरु गर्नु छ भने, त्यसको समय एकदमै महत्वपूर्ण हुनजान्छ ।’ स्मार्टफोन र क्लाउड स्टोरेज कम्पनीको विस्तारले जूम जस्ता प्रडक्टका लागि अनुकूल परिस्थिति पैदा गरिदिएको थियो ।

फोर्ब्स म्यागेजिनसँग एरिकले भनेका छन्, ‘यतिसम्म कि मेरी श्रीमति पनि आश्वस्त थिइनन् । तर, मैले भनेको थिएँ, यो एक लामो र असहजपूर्ण यात्रा हो । मेरो अन्दाज छ कि, यदि म कोशिस नगरुँ, यसमा मलाई पछुतो रहनेछ ।’

यसरी आफ्नी प्रेमिकासँग भेट्नका लागि गरिएको रेलको यात्राले एक यस्तो प्लेटफर्म तयार गर्ने बाटो बनायो, जसले आज निकै लामो दुरीको विजनेस मिटिङलाई मोबाइल वा कम्प्युटर स्क्रीनमा संभव बनाइरहेको छ । 

जब संसारभरको वित्तीय बजार डुबिरहेको थियो, जुमको शेयर भने उकालो लागिरहेको थियो र अहिले पनि लगातार बढिरहेकाे छ ।

मानिसहरुलाई एक अर्कासँग कुराकानी गर्न एक प्लेटफर्म आवश्यक थियो । लकडाउनबीच व्यवसायिक बैठक वा अरु कुनै उद्देश्यका लागि कुराकानी गर्न माइक्रोसफ्ट, स्काइप तथा गुगल ह्याङआउट जस्ता खेलाडी बजारमा पहिलेदेखि नै जमिरहेकै थिए । तर, यी सबै हुँदा समेत जुमले जबरजस्त प्रदर्शन गर्‍यो । 

एरिक युआनले आखिर यो सबै कसरी सम्भव बनाए ? प्रविधि क्षेत्रका जानकार यसो भन्छन् कि जुमको चमत्कारका पछाडि सबैभन्दा ठूलो कारण यसलाई प्रयोग गर्न सहज छ । 

जुम प्रयोग गर्ने तरिका भिडियोमा

यसमा युजर रजिस्टर गर्न जरुरी छैन । एउटा कल कन्फ्रेन्समा ४० मिनेटसम्म सयजना एकसाथ जोडिन सक्छन् । साथमा यो निःशुल्क पनि छ ।

जुमको सुरुवाती कल्पना एउटा विजनेस मिटिङ टुलको रुपमा गरिएको थियो । तर, अहिले सबै तप्काका मानिसहरु निकै भारी मात्रामा यसको प्रयोग गरिरहेका छन् ।

एरिक युआन भन्छन् कि जुमको डिजाइन कम्पनीको आवश्यकता अनुसार डिजाइन गरिएको थियो । यति धेरै मात्रामा प्रयोगकर्ता आउनसक्ने कुराका लागि कुनै तयारी गरिएको थिएन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३