close

ग्यापुको ‘लकडाउन ह्याङ्गओभर सेल’, इलेक्ट्रोनिक्स सामानमा ४० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

असार २३, २०७८ ८:४३

ग्यापुको ‘लकडाउन ह्याङ्गओभर सेल’, इलेक्ट्रोनिक्स सामानमा ४० प्रतिशतसम्म छुट

काठमाडौं । ग्यापु मार्केटप्लेसले ‘लकडाउन ह्याङ्गओभर सेल’ अफर ल्याएको छ । इलेक्ट्रोनिक्स सामानलाई लक्षित गर्दै ल्याइएको यो यो अफरमा ४० प्रतिशतसम्म छुट पाउन सकिने कम्पनीले जनाएकाे छ ।

यो अफर असार २३ देखि २९ सम्म चल्नेछ । लोकप्रिय ब्रान्डका टिभी, वासिङ मेसिन, पङ्खा, कुलर, एसी, मोबाइल लगायतका सामान अफरमा उपलब्ध हुनेछन् ।

अफर अवधिमा शपिङ गर्नेमध्ये भाग्यशाली ग्राहकलाई विभिन्न आकर्षक उपहारहरु प्रदान गरिने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए।

ग्राहकले प्रभु पे, ईसेवा साथै मेघा बैंक, एनएमबि बैंकको कार्ड मार्फत भुक्तानी गर्दा विभिन्न उपहार पाउनसक्ने जनाइएकाे छ । ग्यापुमा शपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाइटमार्फत अर्डर गर्न सकिन्छ ।

त्यस्तै ग्यापुले यो वर्षभित्र मोबाइल एप डाउनलोड गर्नेमध्ये एक जनालाई नयाँ कार उपहार दिने घोषणा गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३