close

सिफ्ट फाइनान्सियलसँग सम्झौतापछि अब ५० बढी देशबाट ईसेवा वालेटमा पैसा पठाउन सकिने

टेकपाना टेकपाना

असार २३, २०७८ १४:७

सिफ्ट फाइनान्सियलसँग सम्झौतापछि अब ५० बढी देशबाट ईसेवा वालेटमा पैसा पठाउन सकिने

काठमाडौं । ईसेवा मनि ट्रान्सफर र डिजिटल रेमिट्यान्सका लागि यूकेस्थित सिफ्ट फाइनान्सियल सर्भिसबीच सम्झौता गरेको छ । योसँगै यूकेसहित युरोपेली देशहरू, अमेरिका, मध्यपूर्वका ५० भन्दा बढी देशबाट अब सहज रुपमा सिधै ईसेवामा पैसा पठाउन सकिने छ ।

कम्पनीका अनुसार विदेशमा रहेका नेपालीहरूले सिफ्टमार्फत नेपालका कुनै पनि बैंक खातामा तथा ईसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा पैसा पठाउन सक्नेछन् ।

नेपालीहरूले सिफ्टमार्फत पठाएको रकम ईसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कबाट समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथै सिधै ईसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ ।

सिफ्ट यूकेमा अवस्थित अन्तर्राष्ट्रिय विप्रेषण सेवाप्रदायक कम्पनी हो, जसले विश्वभर सजिलो, सुरक्षित र किफायती तरिकाबाट रेमिट्यान्स सेवा दिँदै आएको छ ।

सिफ्टसँग ६ महाद्धिपका २ लाख ५० हजारभन्दा बढी स्थानमा नेटवर्क सञ्जाल रहेको छ । एसिया, युरोप, अफ्रिका, अष्ट्रेलिया, दक्षिण र उत्तर अमेरिका लगायतका विश्वका धेरै बैंक र एक्सचेन्ज कार्यालयबाट विप्रेषण पठाउने र भुक्तानीको सेवा दिँदै आएको छ ।

ईसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेट प्रयोगकर्ताको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । यसले आफ्ना सेवाग्राहीलाई ८ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३