close

ल्यापटप किन्न केयूले एक लाखसम्म निर्ब्याजी ऋण दिने

टेकपाना टेकपाना

असार २४, २०७८ ८:७

ल्यापटप किन्न केयूले एक लाखसम्म निर्ब्याजी ऋण दिने

काठमाडौं । काठमाडौं विश्वविद्यालयले शिक्षक र कर्मचारीलाई ल्यापटप किन्न एक लाखसम्म निर्ब्याजी ऋण दिने भएको छ । केयूको कार्यकारी परिषद्ले विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारिहरुलाई नयाँ ल्यापटप खरिद गर्न एक पटकका लागि एक लाख रूपैयाँसम्मको ऋण सुविधा दिने निर्णय गरेको हो ।

सो निर्णय अनुरूप ऋण लिन इच्छुक व्यक्तिहरुले तीन महिनाभित्र ऋण लिइ सक्नुपर्ने र उक्त ऋण रकम १२ महिनाभित्र चुक्ता गर्नुपर्ने विश्वविद्यालयका वित्तीय महाशाखा प्रमुख कुमार बरालले जनाएका छन् ।

ऋणका लागि निवेदन दिँदा स्कुलहरुमा सम्बन्धित विभागीय प्रमुखको सिफारिसमा डिनमार्फत तथा केन्द्रीय कार्यलयमा विभागीय प्रमुखको सिफारिसमा रजिष्ट्रारमार्फत स्वीकृत भएकाे निवेदन वित्तिय महाशाखामा पेश गर्नुपर्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३