close

विण्डोज ११ र विण्डोज १० का लागि माइक्रोसफ्ट अफिसको नयाँ लुक्स

टेकपाना टेकपाना

असार २४, २०७८ ९:५

विण्डोज ११ र विण्डोज १० का लागि माइक्रोसफ्ट अफिसको नयाँ लुक्स

काठमाडौं । माइक्रोसफ्टले हालै विण्डोज ११ घोषणा गरेको छ । योसँगै कम्पनीले माइक्रोसफ्ट अफिस एप्समा पनि नयाँ यूआई डिजाइन ल्याएकाे छ । याे परिस्कृत अफिस एप्सकाे अनुभव हाल विण्डोज इन्साइडर सदस्य (बेटा टेस्टर) ले गर्न सक्छन् ।

सन् २०२१ को अन्त्यसम्ममा थप परस्किृत डिजाइनसहित अफिस एप्स आम प्रयोगकर्ताका लागि उपलब्ध हुने जनाइएको छ । हाल 2108 Build 14301.20004 वा यसपछिका भर्सन चलाउने इन्साइडरका लागि नयाँ युजर इन्टरफेस डिजाइनसहित अफिस एप्स उपलब्ध छ ।

एकपटक एप अपडेट गरेसँगै प्रयोगकर्ताले अफिस एप्सको माथि मेगाफोन बटनबाट नयाँ लुक्स इनेबल गर्न सक्छन् । नयाँ अफिस एप्स विण्डोज ११ सँगै विण्डोज १० मा पनि चलाउन सकिने जनाइएको छ । हाल अफिस इन्साइडरले यी दुवै भर्सनमा यसकाे अनुभव लिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३