close

अविरल वर्षाका कारण कुन-कुन ठाउँमा छ बाढीको खतरा ? यसरी लिनुहोस् अपडेट

टेकपाना टेकपाना

असार २४, २०७८ ९:५०

अविरल वर्षाका कारण कुन-कुन ठाउँमा छ बाढीको खतरा ? यसरी लिनुहोस् अपडेट

काठमाडौं । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसाे ठाउँमा निरन्तर वर्षा भइरहेकाे छ । वर्षाका कारण नदीमा बहाव बढ्दा बाढीकाे खतरा बढेकाे भन्दै पूर्वसतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेकाे छ ।

अर्काेतर्फ मनसुन सक्रिय हुँदा बाढीसँगै पहिराेकाे पनि खतरा छ । यसकारण वर्षा प्रभावित ठाउँका बासिन्दाले बाढी, पहिराेबारे पूर्वसूचना लिएर सावधानी अपनाउन विभागले अनुराेध गरेकाे छ ।

यसअन्तर्गत विभागले हरेक दिन विहान ७ बजे बाढीपूर्वानुमानका लागि दैनिक बाढी बुलेटिन जारी गरेकाे छ । बुलेटिन पढ्न विभागकाे याे वेबसाइटमा गएर नाेटिस सेक्सनमा जानुपर्छ ।

बिहीवारकाे बाढी पूर्वानुमान बुलेटिन पढ्न यहाँ क्लिक गर्नुहाेस् । साथै यही वेबसाइटबाट नियमित बाढीको अवस्था तथा बाढी पूर्वानुमानबारे जानकारी लिन सकिने विभागले जनाएकाे छ । साथै विभागकाे फेसबुकट्वीटर अकाउन्टबाट समेत अपडेट लिन सकिनेछ ।

त्यसैगरी विभागकाे टाेल फ्री नम्बर ११५५ मार्फत जारी हुने एसएमएसबाट तपाईंको क्षेत्रमा हुनसक्ने सम्भाव्य बाढीसम्बन्धी जानकारी लिन र सावधानी अपनाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३