close

अभागी सावित हुने भए पुराना आईफोन प्रयोगकर्ता

टेकपाना टेकपाना

असार २४, २०७८ १४:११

अभागी सावित हुने भए पुराना आईफोन प्रयोगकर्ता

काठमाडौं । एप्पलले गत महिना आईओएस १५ सार्वजनिक गरेको थियो । जसअनुसार कम्पनीले यसै हप्ताको सुरुवातमा आईओएस १५ को पब्लिक बेटा रोलआउट गरेको छ । आईओएसको यो नयाँ भर्सनमा प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिने कयौं फिचर दिइएकाे छ ।

तर सबै नयाँ फिचर विश्वभर रहेका एप्पल आईफोनका सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने छैनन् । यसको अर्थ आईफोनका पुराना मोडल नयाँ केही फिचरका लागि कम्प्याटिबल छैनन् । आज हामी तपाईंलाई आईओएसका त्यस्ता फिचरको बारेमा बताउँदै छौं, जुन पुराना आईफोन प्रयोगकर्ताका लागि उपलब्ध हुने छैनन् । 

अल न्यु वेदर एप

आईफोनको वेदर अर्थात मौसम सम्बन्धी एपमा एनिमेटेड ब्याकग्राउण्ड जस्ता  एप केही नयाँ फिचर तथा लुक्स रहेका छन्, जसलाई पुराना आईफोनले सपोर्ट गर्न सक्दैन । 

क्यामेरामा लाइभ टेक्स्ट फिचर

आईओएस १५ मा आउने सबैभन्दा कुल फिचर मध्ये एउटा इमेज टेक्स्टलाई पहिचान गर्नु र प्रोसेस गर्नु हो । मानौं तपाईंले कुनै रेस्टुरेन्टको नामको तस्वीरमा क्लिक गर्नुभयो भने तपाईंले तस्वीरमा देखिने अक्षरहरूमा ट्याप गर्दा उक्त रेस्टुरेन्टको बारेमा जानकारी मिल्नेछ ।

तर यो फिचर त्यस्ता आईफोनमा मात्र उपलब्ध हुनेछ, जसमा ए १२ बायोनिक प्रोसेसर वा त्यसभन्दा उच्च स्तरको चिपसेट रहेको छ । 

फेस टाइमको नयाँ फिचर

आईओएस १५ सँगै सबैभन्दा ठूलो परिवर्तन फेसटाइममा देखिनेछ । एप्पलले आफ्नो भिडिओ कलिङ एपमा आउने कयौं फिचरहरू यस अघि देखाइसकेको छ । पोट्रेट मोड त्यस मध्येको एउटा उदाहरण हो ।

जसले इन्टेलिजेन्ट तरिकाबाट ब्याकग्राउण्ड ब्लर गरिदिन्छ । तर यो फिचर नयाँ मोडलका आईफोनले मात्र सपोर्ट गर्नेछन् । 

वाक स्टेडी फिचर

आईओएस १५ सँगै एउटा हेल्थ तथा फिटनेस सम्बन्धी फिचर समेत आउँदैछ । जसलाई वाकिङ स्टेडिनेस नाम दिइएको छ ।

तर यो फिचरका लागि तपाईं कत्तिको स्थिर रुपमा हिँड्नुहुन्छ, त्यसको निगरानी गर्न एल्गोरिदम प्रयोग हुन्छ । जसलाई आईफोन ८ भन्दा पछिका मोडलले मात्र सपोर्ट गर्नेछन् । 

स्पाटियल अडियो फिचर

आईओएस १५ सँगै एप्पलले स्पाटियल अडियो फिचर ल्याउँदैछ । जसले एयरपड प्रो र एयरपड म्याक्समा म्युजिक एक्सपिरियन्सलाई अझ मजेदार बनाउनेछ । तर यो फिचर आईफोन ७ र त्यसपछिका मोडेलमा मात्र उपलब्ध हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३