close

सामसङ ग्यालेक्सी ए२२ नेपाली बजारमा

टेकपाना टेकपाना

असार २५, २०७८ १८:४४

सामसङ ग्यालेक्सी ए२२ नेपाली बजारमा

काठमाडौं । सामसङले हालै नेपाली बजारमा आफ्नो ‘ए’ सिरिजअन्तर्गत ग्यालेक्सी ए२२ भित्र्याएको छ ।

एन्ड्राेइड ११ मा चल्ने यो फोनमा ९० हर्ज रिफ्रेस रेट (फाइभजी) सहित ६.६ इन्चको सुपर एमाेलेड डिस्प्ले रहेकाे छ । फोनको पछाडि ४८ मेगापिक्सेलको प्राइमेरी सेन्सरसहित चार वटा क्यामेरा सेटअप छ भने सेल्फीका लागि १३ मेगापिक्सेलको क्यामेरा छ ।

नेपाली बजारमा ६ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टाेरेज भेरियन्टमा याे फाेन उपलब्ध भएकाे छ ।

याे फाेनकाे फाेरजी भेरियन्टमा मिडियाटेक हेलियाे जी८० चिपसेट छ । त्यस्तै फोनमा १५ वाटको चार्जिङ सपोर्टसहित ५ हजार एमएएचको ब्याट्री छ । यसमा इन-डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सरसमेत रहेको छ ।

याे फाेन ब्ल्याक, मिन्ट र भ्वोइलेट गरी ४ आकर्षक रंगहरुमा उपलब्ध रहेको छ भने मूल्य २७,९९९ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३