आईफोनबाट शरीर तथा वस्तुको तापक्रम मापन गर्न सकिने प्रविधि ल्याउँदै एप्पल

काठमाडौं । एप्पलले यस्तो क्यामेरा प्रविधिमाथि अनुसन्धान गरिरहेको छ, जसले फोटो खिचेकै भरमा सम्बन्धित वस्तुको तापमान बताउन सक्छ । यसका लागि आईफोनले इमेज प्रोसेसिङ मार्फत तापमान निर्धारण गर्नेछ ।

एप्पल इन्साइडरको रिपोर्टअनुसार एउटा नयाँ पेटेन्ट एप्लिकेसनमा आईफोन तथा आईप्याड लगायतका डिभाइसबाट प्रयोगकर्ताको स्वास्थ्यको निगरानी गर्न सकिने फिचर उल्लेख छ । जसअनुसार तापमान मापनका लागि क्यामेरा अट्याचमेन्ट तथा इमेज डेटा प्रोसेसिङ कुनै पनि वस्तुको तापमान मापनसँग सम्बन्धित छ ।

पेटेन्ट निवेदनमा भनिएको छ, ‘स्मार्टफोनको विश्वव्यापी प्रकृति हेर्दा अट्याचमेन्टको उपयोगमार्फत स्मार्टफोनलाई तापमान मापन गर्ने उपकरणको रुपमा सहजै उपयोग गर्न सकिन्छ ।’

शब्दमा बताइएको र चित्रमा देखाइएको अट्याचमेन्ट ओलोक्लिप लेन्स सिस्टम जस्तो देखिन्छ । यस्तो अट्याचमेन्ट क्यामेराको स्थायी हिस्साको रुपमा नभई प्रयोगकर्ताले तापमान मापन गर्न चाहेको खण्डमा यसलाई अस्थायी रुपमा जोड्न सक्नेछन् ।

उदाहरणका लागि यो एक प्रकारको क्यामेरा अट्याचमेन्ट जस्तो हुनसक्छ । जसलाई क्यामेरासँग जोड्नका लागि कन्फिगर गरिएको फ्रेम हुनसक्छ । रिपोर्टमा बताइएको छ कि, फ्रेम लेन्सका लागि माउन्टिङ विधिभन्दा भिन्न हुनेछ । जुन तापक्रम मापन प्रक्रियाको महत्वपूर्ण हिस्सा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team