close

विशाल पहाडभित्र बन्दैछ १० हजार वर्षको समय बताउने घडी

टेकपाना टेकपाना

असार २५, २०७८ २२:२४

विशाल पहाडभित्र बन्दैछ १० हजार वर्षको समय बताउने घडी

काठमाडौं । कम्प्युटर वैज्ञानिक ड्यानी हिलिसको परिकल्पनालाई वास्तविकतामा परिवर्तन गर्दै अमेजनका संस्थापक जेफ बेजोसले १० हजार बर्षको घडी तयार बनाइरहेका छन् । हिलिसले यो १० हजार लामो समयको घडीको परिकल्पना सन् १९८६ मा नै गरेका थिए ।

अहिले उनी एमआईटी मिडिया ल्याबका प्रोफेसरसँग सहकार्य गरिरहेका छन् । एमआईटी मिडिया ल्याब सुपर कम्प्युटर, डाइनोसर रोबोटलगायत डिस्नी थिम पार्क राइड निर्माण गर्नको लागि परिचित छ । पर्वतभित्र १० हजार वर्षको समय देखाउने घडी निर्माण गर्ने परिकल्पना यीनै हिलिसको हो । 

घडीले कसरी काम गर्नेछ ?

१० हजार वर्षे घडीको योजना सुन्दा इन्जिनियरिङ क्षेत्रको लागि ठूलो चुनौती हो । यो घडीको सुई एक वर्षमा एकपटक मात्र चल्नेछ र प्रत्यक एक हजार वर्षमा यो एकपटक बज्नेछ ।

घडीको लागि आवश्यक उपकरणहरू जडान गर्नको लागि विज्ञहरू अहिले पहाडभित्रबाट ठूला कोठाहरू बनाउने काम भइरहेको छ । बेजोसका अनुसार यो घडी ५०० फिट अग्लो हुनेछ ।

यो घडीमा एचजी वेल्सको परिकल्पनामा आधारित पिरामिडमा हुने जस्तै ठूला कोठाहरू हुनेछन् । आफूले परिकल्पना गरेको घडीको व्यवस्थापकीय पक्षलाई सुदृण गर्नका लागि हिलिसले सन् १९९६ मा लङ नाउ फाउन्डेसन सुरू गरेका थिए । यस फाउन्डेसनको वेबसाइट सन् १९९९ मा नै बनेको थियो ।

बेजोस र हिलिसको लामो समयदेखिको मित्रताले सन् २००५ मा हिलिसको परिकल्पनालाई वास्तविकतामा बदल्न यो घडीकाे काम सुरू भएकाे थियाे । त्यसपछि बेजोसको सियरा डायाब्लोमा भएको निजी सम्पत्तिमा यो घडीको काम थालनी भएको हो ।

बेजोसका अनुसार यो घडी एउटा माध्यम हो, जसले मानिसलाई  टाढाको भविष्य अस्तित्वमा छ है भनेर बुझाउने मात्र होइन, त्यो भविष्य उनका सन्तानहरूमा पनि छ है भनेर सम्झाउनेछ ।

यस घडीको निर्माण सन् २०१८ मा सुरु भएको थियो, तर यसको निर्माण कहिले पूर्ण हुनेछ भन्ने कुरा चाहिँ अहिले पनि अनिश्चित नै छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३