close

कटुवाल पेसा प्रविधिमैत्री बन्दै

टेकपाना टेकपाना

असार २६, २०७८ ८:४६

कटुवाल पेसा प्रविधिमैत्री बन्दै

अर्घाखाँची । आधुनिक सञ्चार कोविकाससँगै परम्परादेखि चली आएको कटुवाल पेसा पनि प्रविधिमैत्री बन्न थालेको छ । सञ्चारको पहुँच नभएकाे बेला हाँक हालेर सूचना दिने कटुवाल सञ्चारको विकाससँगै सूचना प्रविधिसँगै परिवर्तन हुन थालेका छन् ।

परम्परागत रूपमा चिच्याएर हाँक हाली सूचना दिने प्रयोग अब अर्घाखाँचीका केही ठाउँमा बाहेक हटिसकेको छ । पछिल्लो समय विकास भएको सूचना प्रविधिको प्रयोग गर्दै सूचना दिने प्रचलन बढ्दै गएको छ ।

जिल्लाको मालारानी गाउँपालिका–७ ले विगतमा कटुवाल पेसा गर्दै आएका व्यक्तिलाई ‘साउन्ड सिस्टम’ र माइक प्रदान गरी प्रविधिमैत्री बनाउन थालिएको हो ।

वडाध्यक्ष नारायण अर्यालले विगतमा सञ्चारको पहुँच ग्रामीण भेगमा नहुँदा हाँक हाल्नुपर्ने अवस्था रहेको भन्दै अब परिवर्तित प्रविधिअनुसार सूचना दिन सहज होस् भनी साउन्ड सिस्टम वितरण गरिएकाे जानकारी दिए ।

विगत वर्षहरूमा गाउँघरको सूचना हाँकको माध्यमबाट गाउँटोलमा पुग्ने गथ्र्याे । कटुवालको माध्यमबाट वडावासीलाई सूचना दिँदै आएकोमा कटुवाललाई पारिश्रमिक स्वरूप मासिक दुई हजार रुपियाँसमेत दिँदै आएको अर्यालले जानकारी दिए । -गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३