close

कृषि विकास बैंकका ग्राहकले अब अनलाइनबाटै डिम्याट र मेरो शेयर खाता खोल्न सक्ने

टेकपाना टेकपाना

असार २६, २०७८ १३:३६

कृषि विकास बैंकका ग्राहकले अब अनलाइनबाटै डिम्याट र मेरो शेयर खाता खोल्न सक्ने

काठमाडौं । कृषि विकास बैंकका ग्राहकले अनलाइनबाटै डिम्याट खाता खोल्न सक्ने भएका छन् । शुक्रबार बैंकले अनलाइनबाट डिम्याट खाता खोल्न सक्ने सुविधा सहित विभिन्न बैंकिङ सेवा सुचारु गरेको छ ।

यसअन्तर्गत ग्राहकले मेरो शेयर खाता, सीआरएन, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटीएम कार्ड सेवाका लागि पनि अनलाइनबाट निवेदन दिन सक्नेछन् ।

बैंकका अनुसार ग्राहकले स्वदेश तथा विदेशबाट अनलाइन निवेदनका आधारमा उक्त सेवाका लागि अनुरोध गर्नसक्ने गरी नयाँ प्रविधिको सुरुवात गरिएको हो । साथै बैंकमा खाता नभएका ग्राहकहरुले समेत देश विदेश बाट अनलाइनका माध्यमबाट चल्ती, बचत खाता सहित सवै सेवाहरु अनुरोध गर्नसक्ने छन् ।

यस प्रकारको सेवा सुचारु भएपछि स्वचालित रुपमा ईमेल तथा एसएमएसका माध्यमबाट ग्राहकलाई जानकारी गराउने व्यवस्था रहेको छ । साथै कृषि विकास बैंकमा खाता भएका र ग्राहक पहिचान विवरण अद्यावधिक भएका ग्राहक महानुभावहरुले विना झन्झट यो सेवा समयमा नै उपयोग गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३