close

वाईफाईको पासवर्ड बिर्सिँदा पत्ता लगाउने सजिलो तरिका

टेकपाना टेकपाना

असार २६, २०७८ १७:२

वाईफाईको पासवर्ड बिर्सिँदा पत्ता लगाउने सजिलो तरिका

काठमाडौं । सामान्यतया हामी वाईफाईको पासवर्ड बिर्सिरहेका हुन्छौं । यदि तपाईंले पनि यसैगरी वाईफाईको पासवर्ड बिर्सिनु भएको छ भने चिन्ता नलिनुहोस् ।

आज हामी तपाईंलाई एउटा सजिलो टिप्स बताउँदै छौं, जसबाट तपाईं आफूले बिर्सिएको पासवर्ड फेला पार्न सक्नुहुनेछ । यसका लागि तपाईंको ल्यापटप वाईफाईसँग कनेक्ट भएको हुनुपर्छ । त्यसपछि सेटिङमा गएर आफ्नो वाईफाईको पासवर्ड हेर्न सकिन्छ ।

कसरी थाहा पाउने ?

  • सुरुमा आफ्नो ल्यापटपको वाईफाई आईकनमा राइट क्लिक गर्नुहोस् र त्यहाँ रहेको Open Network & Internet Setting सेटिङमा जानुहोस् ।
  • अब तल Advance Network Setting मुनी रहेको Change adapter options जानुहोस् अनि त्यहाँ रहेको वाईफाईमा डबल क्लिक गर्नुहोस् ।
  • Wireless properties जानुहोस् ।
  • अब माथि कनेक्सन पछाडि रहेको सेक्युरिटी ट्याबमा जानुहोस् । त्यहाँ अब तपाईंले नेटवर्क सेक्युरिटी की अप्सन देख्नुहुनेछ ।
  • त्यसको मुनी रहेको शो क्यारेक्टर बक्समा टिक लगाउनुहोस् । यति गरेपछि त्यहाँ तपाईंले ल्यापटपमा कनेक्टेड वाईफाईको पासवर्ड हेर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३