close

३६ करोड पुरस्कार राशीको पब्जी मोबाइल प्रतियोगितामा नेपालबाट डीआरएसले प्रतिस्पर्धा गर्दै

टेकपाना टेकपाना

असार २७, २०७८ ८:३९

३६ करोड पुरस्कार राशीको पब्जी मोबाइल प्रतियोगितामा नेपालबाट डीआरएसले प्रतिस्पर्धा गर्दै

काठमाडौं । किशोर र युवा पुस्तामाझ लोकप्रिय गेम हो, पब्जी मोबाइल । आम्दानी र डाउनलोड दुवैका हिसाबले अन्य भिडिओ गेमको तुलनामा यसले रेकर्ड राखेको छ । ईस्पोर्टस टोर्नामेन्टमा पनि पब्जी मोबाइलको आधिपत्य छ ।

पब्जी गेमरलाई लक्षित गर्दै बेलाबेलामा विश्वस्तरीय, क्षेत्रीय, राष्ट्रिय एवं स्थानीय प्रतिस्पर्धाहरू हुने गरेको छ । यसैबीच पब्जी मोबाइल र गेमर्स विदाउट बोर्डर्स्को संयुक्त आयोजनामा ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल २०२१’ हुने भएको छ ।

यो प्रतियोगिताको कूल पुरस्कार राशी ३० लाख अमेरिकी डलर (करिब ३५ कराेड ७३ लाख रूपैयाँ) रहेको छ । जूलाई २२ देखि चार दिनसम्म सञ्चालन हुने यो प्रतियोगितामा विश्वका शीर्ष टिमहरुले प्रतिस्पर्धा गर्नेछन् ।

जसअन्तर्गत पीएमडब्लूआई इस्ट र पीएमडब्लूआई वेस्ट गरी ३२ देशका पब्जी मोबाइल टिम सहभागी हुनेछन् । प्रतियाेगितामा नेपाली टिम डीआरएस गेमिङ पीएमडब्लूआई इस्ट अन्तर्गत सहभागी हुने भएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३