close

एनएमबिका ग्राहकलाई फुडमाण्डु, ग्यापु, स्टपग्र्याब र किरानामा १० प्रतिशत छुट

टेकपाना टेकपाना

असार २७, २०७८ १६:३४

एनएमबिका ग्राहकलाई फुडमाण्डु, ग्यापु, स्टपग्र्याब र किरानामा १० प्रतिशत छुट

काठमाडाैं । एनएमबि बैंकका आफ्ना ग्राहक तथा कर्मचारीले विभिन्न चार अनलाइन स्टाेरमा विद्युतीय भुक्तानी गरी समान खरीद गर्दा क्यासब्याक पाउने भएका छन् ।

यसअन्तर्गत घरमै बसी मनपर्ने खाना लगायत अन्य आवश्यक सामग्रीहरू फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १०५ वा रु. ५०० सम्म क्यासब्याक पाउन सकिने बैंकले जनाएकाे छ ।

छुटसम्बन्धी थप जानकारी एनएमबि बैंकको वेबसाइटको ‘एनएमबी भिसा कार्ड डिस्काउन्ट’ सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएम बुथ मसिन, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेका छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३