close

युरोपको प्रतिष्ठित इन्टेल एक्सप्रेस र ईसेवा मनि ट्रान्स्फरबीच रेमिट्यान्स सम्झौता

टेकपाना टेकपाना

असार २७, २०७८ १७:२७

युरोपको प्रतिष्ठित इन्टेल एक्सप्रेस र ईसेवा मनि ट्रान्स्फरबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । रेमिट्यान्स् बजारमा तीव्र गतिमा बजार विस्तार गरिरहको ईसेवा मनि ट्रान्स्फर र युरोपबाट रेमिट्यान्स् सेवा प्रदान गर्दै आइरहेको जर्जिया स्थित् इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै युके, ग्रिस, साइप्रस, जर्जिया र इटलीमा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन अझ सहज भएको छ । यससँगै इन्टेल एक्स्प्रेसमार्फत पठाएको रेमिट्यान्स् नेपालमा रहेका ईसेवा मनि ट्रान्स्फरका ८ हजार भन्दा बढी एजेन्ट नेटवर्कमार्फत सहजै पाउन सकिन्छ भने ईसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ ।

इन्टेल एक्सप्रेस विश्वव्यापी रेमिट्यान्स् कारोबार गर्ने कम्पनी हो । सन् २००६ मा जर्जियामा स्थापना भएको यो कम्पनी जर्जियाको पहिलो रेमिटे्यान्स् कम्पनी हो, जसले ईयु, बेलायत, जर्जिया, युक्रेन, सोभियत पश्चात् अन्य राज्यहरू लगायत ५० बढी राज्यमा रेमिट्यान्स कारोबार गर्दछ । यसका ग्रीस, बेलायत, इटाली, र जर्जियामा आफ्नै कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

यसका साथै विश्वभर विभिन्न बैंक तथा मनी ट्रान्स्फरमार्फत सेवा दिँदै आएको छ । ईसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट ईसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।

ईसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३