close

टिकटकबाटै अब जागिरका लागि आवेदन दिन सकिने

टेकपाना टेकपाना

असार २७, २०७८ १८:१३

टिकटकबाटै अब जागिरका लागि आवेदन दिन सकिने

काठमाडौं । भिडिओमा आधारित सोसल मिडिया टिकटकले जब एप्लिकेसन टुल ल्याएकाे छ । यो टुलबाट प्रयोगकर्ताले विभिन्न कम्पनीमा जागिरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आफ्नो पाइलट प्रोग्रामअन्तर्गत ‘video resume’ टुल सार्वजनिक गरेको हो । परीक्षणकालकाे रूपमा सुरू भएकाे याे टुलमा हालका लागि चिपोटल, टार्गेट, सोपिफाई, नास्कार, डब्लूडब्लूई जस्ता अमेरिकी कम्पनीमा ‘video resume’ सब्मिट गर्न सकिने सुविधा छ ।

कम्पनीले टिकटक प्रयोगकर्तालाई रचनात्मक रूपमा आफ्नो सीप र अनुभव समेटेर क्याप्सनमा ‘#TikTokResumes’ राखेर भिडिओ पब्लिस गर्न सकिने जनाइएकाे छ ।

यसका अतिरिक्त tiktokresumes.com मा पनि यो फिचर पाउन सक्नुहुन्छ ।

याे टुलमा जागिर खाेज्न, एपमा tiktok resume पाेस्ट र सब्मिट गर्न सकिने फिचर छ । टिकटकबाटै ब्राण्ड र क्रिएटरलाई जोड्ने उद्देश्यका साथ ल्याइएकाे यो टुल हाल अमेरिकामा मात्र उपलब्ध गराइएकाे छ ।

त्यहाँका सीमित कम्पनीमा राेजगारीका लागि इच्छुक व्यक्तिले यो फिचर उपयाेग गर्न सक्नेछन् । चाँडै नै सबै देशमा याे टुल उपलब्ध गराउने कम्पनीको योजना छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३