close

माई सेकेण्ड टिचरको ई-लर्निङ भिडिओमा अभिनय गर्ने अवसर, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

असार २७, २०७८ १९:३३

माई सेकेण्ड टिचरको ई-लर्निङ भिडिओमा अभिनय गर्ने अवसर, यसरी दिनुहोस् आवेदन

काठमाडौं । २० मुलुकका दुई सयभन्दा बढी विद्यालयम प्रयोग हुँदै आएको नेपाली ई-लर्निङ प्लेटफर्म माई सेकेण्ड टिचरले ई-लर्निङ भिडियोमा अभिनय गर्न प्रतिभाशाली कलाकारहरुलाई आमन्त्रण गरेको छ ।

छोटो समयमै विश्वस्तरका केही अवार्डहरूद्वारा सम्मानित यस प्लेटफर्म हालसालै नेपालमा पनि सार्वजनिक गरिएको थियो र हाल २५ हजारभन्दा बढी विद्यार्थीहरुले प्रयोग गर्दै आएका छन् ।

यीनै विश्वभरका विद्यार्थी अनि शिक्षकद्वारा प्रयोग गरिने माई सेकेण्ड टिचरको ई-लर्निङ भिडियोहरुमा शिक्षक र विद्यार्थीको भूमिका निभाउन माई सेकेण्ड टिचरले यस अडिसनको अवसर कलाकारमाझ सार्वजनिक गरेको हाे ।

अडिसनमार्फत् शिक्षक र विद्यार्थीको भूमिका निर्वाह गर्न कूल २० कलाकारहरु छनोट हुनेछन् । त्यसमध्ये १० जनाले नेपाली पाठ्यक्रमअनुरुप ई-लर्निङ भिडियोहरुमा अभिनय गर्नेछन् भने बाँकी १० जनाले क्याम्ब्रिज पाठ्यक्रमअनुरुप इन्टरनेशनल ई-लर्निङ्ग भिडियोहरुमा अभिनय गर्नेछन्, जुन ५० भन्दा बढी देशमा प्रयाेग हुनेछ ।

हाल माई सेकेन्ड टिचरमा क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत आईजीसीएसई तहका फिजिक्स, केमिस्ट्री, बायोलोजी र म्याथ विषयका भिडियो रहेका छन् भने, नेपाली पाठ्यक्रमअन्तर्गत कक्षा १० को अंग्रेजी, विज्ञान, अनिवार्य गणित र अर्थशास्त्रका ई-लर्निङ भिडिओहरु रहेका छन् ।

नेसनल तथा इन्टरनेशनल ई-लर्निङ भिडियोहरुमा शिक्षकको भूमिकामा देखिने पुरुष र महिला कलाकारहरुको उमेर अनिवार्य रुपमा २५-४५ वर्षको बीचमा हुनुका साथसाथै विद्यार्थीको भूमिकामा देखिने पुरुष र महिला कलाकारको पनि उमेर अनिवार्य रुपमा १८-२५ वर्षको बीचमा हुनुपर्ने छ ।

नेपाली पाठ्यक्रममा अभिनय गर्ने कलाकारको नेपाली र अंग्रेजी भाषाको उच्चारणमा निपुणता हुनुपर्नेछ भने, क्याम्ब्रिज विश्वविद्यालयको पाठ्यक्रममा अभिनय गर्ने कलाकारको हकमा अंग्रेजी भाषाको उच्चारण न्युट्रल या ब्रिटिश हुनुपर्नेछ । इच्छुक कलाकारहरुले साउन १ गतेसम्म तल दिइएको लिंकमा गएर आवेदन दिन सक्नुहुनेछ ।

आवेदनका लागि यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३