close

जेडटीईको नयाँ फोनमा दोस्रो पुस्ताको अन्डर डिस्प्ले क्यामेरा रहने, साथमा १२० हर्जको रिफ्रेश रेट

टेकपाना टेकपाना

असार २९, २०७८ १२:१

जेडटीईको नयाँ फोनमा दोस्रो पुस्ताको अन्डर डिस्प्ले क्यामेरा रहने, साथमा १२० हर्जको रिफ्रेश रेट

काठमाडौं । ह्वावेबाट अलग्गिएको जेडटीईले आफ्नो आगामी स्मार्टफोन एक्सन ३० फाइभजीको टिजर सार्वजनिक गर्दै त्यसमा दोस्रो पुस्ताको अन्डर डिस्प्ले क्यामेरा सहितको फिचर हुने जानकारी दिएको छ । केही दिन अघि फोनको पहिलो तस्वीर पोस्ट गरेको कम्पनीले हाल आएर क्यामेरा माथिको क्षेत्रको पिक्सेल डेन्सिटी दोब्बर अर्थात ४०० पीपीआईसम्म विस्तार गर्न सकिने स्पष्ट पारेको हो ।

यसबाट त्यस किसिमको क्षेत्रफल विस्तार भएको थाहा समेत हुने छैन । साथै कम्पनीले उक्त फोनमा १२० हर्ज रिफ्रेश रेट भएको स्क्रिन हुने समेत जनाएको छ ।  जुन एक्सन २० फाइभजीको भन्दा बढी हो ।

जसमा ९० हर्ज रिफ्रेश रेट र पहिलो पुस्ताको यूडी क्यामेरा रहेको थियो । जेडटीईको नयाँ घोषणासँगै फोनको अर्को तस्वीर समेत बाहिर आएको छ । यसमा त्यति धेरै जानकारी त देखिँदैन, केवल वालपेपर र फोनको फ्रेम मात्र देखिन्छ ।

पहिलो पुस्तामा सिस्टमसँगै क्यामेरा माथिको क्षेत्रफल स्पष्ट जानकारीमा आउने किसिमको (नोटिसेबल) थियो । खासगरी चहकिलो ब्याकग्राउन्डमा त्यो अझ बढी महसुस हुने गरेको थियो । यस किसिमको क्षेत्रमा केवल २०० पीपीआई पिक्सेल डेन्सिटी मात्र रहेको थियो ।

जसले गर्दा यसलाई ब्लेन्डिङ हुनबाट रोक्ने गर्दछ । यस किसिमको पिक्सेल डेन्सिटीलाई एक्सन ३० फाइभजीमा दोब्बर पार्नुको अर्थ स्क्रिनको बाँकी भागको डेन्सिटी समान हुनु हो  । चर्चामा आएअनुसार यो फोनमा १०८० प्लस प्यानल रहने बताइएको छ ।

जेडटीईले यो फोन सार्वजनिक हुने औपचारिक मिति घोषणा गरेको त छैन, तर चलिरहेका हल्ला अनुसार कम्पनीले यही जुलाई २२ मा आफ्नो नयाँ फोन सार्वजनिक गर्दैछ । त्यो भनेको अर्को साताको बिहीबार हो । यस हिसाबले हामीले त्यस अगावै कम्पनीको तर्फबाट एउटा अर्को टिजर आउने अपेक्षा राख्न सक्छौँ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३