close

आईफोनका लागि एप्पलले ल्यायो म्याग्नेटिक ब्याट्री प्याक, यसरी गर्छ काम

टेकपाना टेकपाना

असार ३०, २०७८ ८:५४

आईफोनका लागि एप्पलले ल्यायो म्याग्नेटिक ब्याट्री प्याक, यसरी गर्छ काम

काठमाडौं । एप्पलले आईफोन १२ सिरिजका लागि ‘म्यागसेफ ब्याट्री प्याक’ सार्वजनिक गरेको छ । ९९ डलर मूल्यमा सार्वजनिक भएकाे यो चुम्बकीय ब्याट्री एप्पलको आधिकारिक वेबसाइटमा उपलब्ध छ ।

याे पावर बैंकजस्तै रिचार्जेबल ब्याट्री ब्याक हाे । तर यसले वायलेस रिचार्जकाे सुविधा दिन्छ, जुन आईफोनको पछाडि अट्याच गरिन्छ । यसले म्यागसेफ सपाेर्ट गर्ने आईफोन १२, आईफोन १२ मिनी, आईफोन १२ प्रो, र आईफोन १२ प्रो म्याक्समा काम गर्ने बताइएको छ ।

यो प्याक सिंगल साइजमा उपलब्ध छ, जसमा १४६० एमएएचको ब्याट्री दिइएको छ । यसको अर्थ यसले आईफोनलाई फुल चार्ज भने गर्न सक्दैन । जब याे प्याक आईफोनमा कनेक्ट गर्नुहुन्छ, यसले ५ वाटसम्मको चार्ज गर्छ । तर पावर डेप्टरमा यसलाई प्लगइन गर्दा १५ वाटसम्मको चार्जिङ स्पिड हुने उल्लेख गरिएकाे छ ।

यो आईफोन चार्ज गर्न छिटाे तरिका नभएपनि विकल्पका रूपमा सहयाेग गर्नेछ । एप्पलको अफिसियल सपोर्ट डकुमेन्टका अनुसार यो ब्याट्री प्याक प्रयोग गर्न तपाईंलाई आईओएस १४.७ वा यसपछिका अपडेट आवश्यक पर्छ ।

एप्पलका अनुसार याे ब्याट्री प्याकबाट चार्ज कति भएकाे छ भनेर आईफोनकाे हाेम स्क्रिन वा ‘टुडे भ्यू’ ब्याट्री विजेटमा थाहा पाउन सकिन्छ । वायरलेस चार्जिङमा याे प्याकले प्रयाेगकर्ताका लागि सुरक्षा र विश्वसनीयता प्रदान गर्ने कम्पनीकाे दाबी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३