close

ड्राइभिङ लाइसेन्सको आवेदन तत्काल नखुल्ने

टेकपाना टेकपाना

असार ३०, २०७८ १६:०

ड्राइभिङ लाइसेन्सको आवेदन तत्काल नखुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी लाइसेन्सको आवेदन तत्काल नखुलाउने भएको छ । कोरोना महामारीका कारण गत वैशाख १६ देखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द छ ।

तर निषेधाज्ञा खुकुलो भएपनि लाइसेन्स आवेदन सुरु गर्ने विषयमा भने विभागले कुनै तयारी गरेको छैन । विभागका प्रवक्ता लोकनाथ भुषालले आफूहरू सरकारको निर्णय कुरिरहेको बताए ।

‘हामी सीसीएमसीको आधिकारिक निर्णय कुरिहेका छौं । स्कुल कलेज खुलेलगत्तै नयाँ लाइसेन्स आवेदन खुलाउने र ट्रायल सेन्टर सञ्चालनको अनुमति दिने छौं,’ टेकपानासँगकाे कुराकानीमा उनले भने ।

यसअघि विभागले गत वर्ष भएको लकडाउन र निषेधाज्ञाका कारण झण्डै १० महिनासम्म सवारी चालक अनुमति पत्रको आवेदन र परीक्षा रोकेको थियो ।

यसपछि खुलाइएकाे अनलाइन आवेदन प्रणालीमा सेवाग्राहीको चाप अत्याधिक बढेकाे थियाे । यहीकारण विभागकाे अनलाइन पाेर्टल पटक पटक डाउन भएकाे थियाे ।

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन दिएका सेवाग्राहीले १० महिनापछि परीक्षाको पालो पाए पनि वैशाखमा पुनः अनलाइन आवेदन प्रणाली बन्द हुँदा अब थप सेवाग्राहीकाे चाप बढ्ने देखिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३