close

अन्तर्राष्ट्रिय कलमा स्मार्टको ३० प्रतिशत छुट, देशअनुसार यस्तो छ कल रेट

टेकपाना टेकपाना

असार ३०, २०७८ १८:१

अन्तर्राष्ट्रिय कलमा स्मार्टको ३० प्रतिशत छुट, देशअनुसार यस्तो छ कल रेट

काठमाडौं । स्मार्ट सेलले अन्तर्राष्ट्रिय कलमा ३० प्रतिशत छुट दिने भएको छ । उपभोक्तालाई अन्तर्राष्ट्रिय कलमा थप सुविधा दिने उद्देश्यले यो सुविधा सुचारु गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हाललाई यो छुट भारत, चीन, दक्षिण कोरिया, अष्ट्रेलिया, बेलायत, अमेरिका र क्यानाडामा लागू हुनेछ । 

स्मार्ट सेलबाट कहाँ कल गर्दा कति लाग्छ ? 

देश कल रेटदेश कल रेट
भारत रु २.८९ भुटान रु ७ 
चीन रु ३.९९ श्रीलंका रु १५ 
दक्षिण कोरिया रु ४.९९फिलिपिन्स रु १५ 
अमेरिका / क्यानडा रु १.९९सिंगापुर रु ४
बंगलादेश रु ३.९९न्युजिल्यान्ड रु ६ 
अष्ट्रेलिया रु ५.९९ थाइल्याण्ड रु ८ 
बेलायत रु ४.९९भियतनाम रु ७ 
जापान रु ४.९९म्यानमार रु २०

स्मार्ट सेलका ग्राहकहरूले *१४१*८*१*१# डायल गरेर अन्तर्राष्ट्रिय कलमा छुट एक्टिभेट गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१