close

आफ्नो ट्वीटमा कसलाई रिप्लाई गर्न दिने वा नदिने ? यसरी गर्नुहोस् नियन्त्रण

टेकपाना टेकपाना

असार ३०, २०७८ २१:१८

आफ्नो ट्वीटमा कसलाई रिप्लाई गर्न दिने वा नदिने ? यसरी गर्नुहोस् नियन्त्रण

काठमाडौं । अब तपाईंले आफ्नो ट्वीटमा आउने रिप्लाई नियन्त्रण गर्न सक्नुहुनेछ । योभन्दा अगाडि पनि ट्वीटरले आफ्नो ट्वीटमा आउने रिप्लाई सीमित गर्नसक्ने व्यवस्था थियो ।

सोही फिचरलाई अपडेट गर्दै ट्वीटरले अब तपाईं आफ्नो ट्वीटमा कसले रिप्लाई गर्नसक्ने वा नसक्ने भन्ने कुरा सेटअप गर्न सकिने सुविधा ल्याएको छ । सामाजिक सञ्जालमा कमेन्ट अनि रिप्लाईमा हुने दुर्व्यवहारलाई नियन्त्रण गर्न यो फिचर ल्याएको कम्पनीको भनाइ छ ।

यो फिचर विश्वभर सबै आईओएस, एन्ड्रोइड डिभाइस र वेबमा उपलब्ध छ । यो फिचर प्रयोग गर्न आफूले ट्वीट गरेपछि ट्वीटको दाहिनेपट्टि हुने तीनवटा थोप्लामा क्लिक गर्नुहाेस् ।

त्यसपछि त्यहाँ तपाईंले तीन वटा अप्सन पाउनुहुनेछ । जसअन्तर्गत सबै जनाले रिप्लाई दिनसक्ने, तपाईंले फलो गरेको मान्छेले मात्र रिप्लाई दिनसक्ने अथवा तपाईंले आफ्नो ट्वीटमा मेन्सन गरेको मान्छेले मात्र ट्वीट रिप्लाई गर्नसक्ने अप्सन छ ।

यो फिचर ट्वीटरले आफ्ना प्रयोगकर्ताको अन्तर्क्रियालाई नियन्त्रण गर्न ल्याएका विभिन्न फिचरमध्येको एउटा उदाहरण हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१