close

कसरी टिकाउने आईफोनको ब्याट्री ?

टेकपाना टेकपाना

असार ३१, २०७८ १४:३

कसरी टिकाउने आईफोनको ब्याट्री ?

काठमाडौं । तपाईंको मोबाइल पुनः चार्ज गर्नु अघि कति समयसम्म चल्न सक्छ भन्ने कुरालाई नै ब्याट्री लाइफ अर्थात ब्याट्रीको आयु भनिन्छ । त्यसैगरी ब्याट्री फेर्नुपर्ने अवस्था आउनु अगाडिको समय त्यसको लाइफस्प्यान अर्थात जीवन काल हो ।

आईओएस डिभाइसमा आउने सफ्टवेयर अपडेटमा प्रायजसो नवीनतम् र उन्नत किसिमको ऊर्जा किफायती हुने किसिमको प्रविधि समावेश गरिएको हुन्छ । त्यसैले सधैं आफ्नो डिभाइस अर्थात उपकरणमा आईओएस, म्याकओएस अथवा वाच ओएसको पछिल्लो भर्सन रहेको सुनिश्चित गर्नुहोस् ।

एप्पलले दिने केही टिप्समा समेत तपाईंले आईफोन, आईप्याड, र आईपडमा पछिल्लो सफ्टवेयर अपडेट गर्न, सेटिङलाई अप्टिमाइज गर्न, लो पावर मोडलाई इनेबल गर्न, ब्याट्री खपतको जानकारी हेर्न र प्लगईन गरेर पावर अन गरी कम्प्युटर चार्ज गर्न सल्लाह दिएको पाउनुहुन्छ ।

आज हामी तपाईंलाई एप्पलले दिने सल्लाह अनुरूप कसरी आईफोनको ब्याट्रीलाई स्वस्थ राख्ने भन्ने विषयमा बताउँदै छौं । 

तपाईंको आईफोन अपडेट गर्नुहोस्ः 

यसका लागि सुरुमा आफ्नो आईफोन अथवा आईओएस डिभाइसको सेटिङमा जानुहोस् । जनरल अप्सनमा ट्याप गर्नुहोस् । अब सफ्टवेयर अपडेटमा थिच्नुहोस् र उपलब्ध अपडेट हेर्नुहोस् । फोन रिचार्ज गर्नुहोस् र आफ्नो आईफोनलाई अपडेट गर्नुहोस् ।

यसका साथै तपाईंले आफ्नो आईफोनलाई कम्प्युटरमा जोडेर आईट्युन्सको पछिल्लो भर्सनको साथमा अपडेट गर्न पनि सक्नुहुन्छ । तपाईंले आईफोनको स्क्रिनको ब्राइटनेस घटाएर अनि वाई-फाई प्रयोग गरेर समेत ब्याट्री लाइफ जोगाउन सक्नुहुन्छ । 

डिस्प्लेको ब्राइटनेस डिम पार्नुहोस् अथवा अटो ब्राइटनेस अन राख्नुहोस्

यसका लागि आफ्नो एप्पल डिभाइसको कन्ट्रोल सेन्टर खोल्नुहोस् । स्क्रिनमा रहेको ब्राइटनेस स्लाइडरलाई तलतर्फ धकेल्नुस् । यति गरेपछि सेटिङमा ट्याप गरेर अटो ब्राइटनेस अप्सन प्रयोग गर्नुहोस् ।

जनरलमा क्लिक गर्नुहोस् र एक्सेसिबिलिटीमा जानुहोस् । त्यसपछि डिस्प्ले अकोमोडेसनमा ट्याप गर्नुहोस् । यति गरेपछि अटो ब्राइटनेसलाई अन गरेर सेट गर्नुहोस् । 

लो पावर मोडलाई इनेबल गर्नुहोस्

जब तपाईंको आईफोनको ब्याट्री २० प्रतिशतभन्दा तल झर्छ, लो पावर मोडमा स्विच गर्नुहोस् । तपाईंले यसका लागि नोटिफिकेसन समेत पाउनुहुन्छ । जसको आधारमा एउटा ट्यापमै लो पावर मोड इनेबल गर्न सकिन्छ ।

यसबाहेक तपाईंले सेटिङमा गएर म्यानुअल्ली मिलाउन पनि सक्नुहुन्छ । स्क्रिनलाई तलतर्फ स्क्रोल गर्नुहोस् र ब्याट्रीमा ट्याप गर्नुहोस् । त्यसपछि लो पावर मोडको टोगल अन गरिदिनुहोस् । 

एपहरूलाई ब्याकग्राउन्डमा रिफ्रेश हुन नदिनुहोस्

यसका लागि सेटिङ हुँदै जनरलमा जानुहोस् । त्यहाँ रहेको ब्याकग्राउन्ड एप रिफ्रेशमा ट्याप गर्नुहोस् र अफ अप्सनलाई छनौट गरी ब्याकग्राउन्डलाई समग्रमा बन्द गरिदिनुहोस् । 

एपका लागि लोकेसन सर्भिस बन्द राख्नुहोस्

यसका लागि समेत सेटिङमा गएर माथिकै जस्तो प्रक्रियाबाट अगाडि बढ्नुहोस् । अब प्राइभेसी बटनमा ट्याप गर्नुहोस् र अन लोकेसन सर्भिसेजमा जानुहोस् । त्यहाँ तपाईंले लोकेसन सर्भिस प्रयोग गरिरहेका एपहरु देख्न सक्नुहुन्छ, ती सबैलाई बन्द गरिदिनुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१