close

सिजी नेटको पहिलो सेवा विस्तार, अब थप यी ६ ठाउँमा उपलब्ध

टेकपाना टेकपाना

असार ३१, २०७८ ८:३३

सिजी नेटको पहिलो सेवा विस्तार, अब थप यी ६ ठाउँमा उपलब्ध

काठमाडौं । अत्यन्त सस्तो मूल्यमा १२० एमबीपीएसको इन्टरनेट उपलब्ध गराउने घोषणासहित बजार प्रवेश गरेको सिजी नेटले पहिलोपटक आफ्नो सेवा विस्तार गरेको छ ।

यसअघि सेवा सुरु गर्दा ललितपुरका जावलाखेल, झम्सिखेलजस्ता सीमित ठाउँमा मात्र सेवा उपलब्ध गराएको कम्पनीले अब काठमाडौंमा पनि सेवा दिने भएको हो ।

कम्पनीका अनुसार काठमाडौंका कुलेश्वर, बल्खु, कलङ्की, कालिमाटी, टेकु र त्रिपुरेश्वरमा समेत सीजी नेट जडान गर्न सकिनेछ । नेपालको प्रतिष्ठित घराना चौधरी समूह अन्तर्गतको सीजी नेटले एक महिनाअघि आफ्नो सेवा सुरु गरेको थियो ।

उल्लिखित क्षेत्रका उपभोक्ताका घरमा कम्पनीको सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।

कम्पनीले भ्याटबाहेक ९९९ रुपैयाँमै १२० एमबीपीएसको इन्टरनेट उपलब्ध गराइरहेको छ । कम्पनीले यसै वर्ष देशैभर आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ ।

वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरिएको छ । त्यस्तै, मासिक, ३ महिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क हुनेछ ।

सीजी नेटकाे अफर थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१