close

ट्राफिक महाशाखा हाताभित्र वर्ल्डलिङ्कको फ्री वाईफाई

टेकपाना टेकपाना

असार ३१, २०७८ १७:४९

ट्राफिक महाशाखा हाताभित्र वर्ल्डलिङ्कको फ्री वाईफाई

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा हाताभित्र फ्री वाईफाई जडान गरिएको छ । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत महाशाखा हातामा यो सुविधा प्रदान गरेको हो ।

फ्री वाईफाई जडान भएपछि महाशाखामा आउने सेवाग्राहीले अनलाइन भुक्तानी, अनलाइन सचेतना कक्षा, अनलाइनबाटै आफ्नो परिचय पत्रहरूको विवरण सजिलै लिन फाइदा पुगेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

सेवाग्राहीले फ्री वाईफाई सुविधाअन्तर्गत एक डिभाइसमा कनेक्ट गरी २४ घण्टामा १ जिबी डेटा निःशुल्क प्रयोग गर्न सकिने वर्ल्डलिंकका कर्पोरेट अफयर्स निर्देशक लक्ष्मण यादवले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१