close

सर्भर ह्याक भएको छैन, सम्पूर्ण डेटा सुरक्षित छ : टेलिकम

टेकपाना टेकपाना

असार ३१, २०७८ १८:३२

सर्भर ह्याक भएको छैन, सम्पूर्ण डेटा सुरक्षित छ : टेलिकम

काठमाडौं । नेपाल टेलिकमले आफ्नो कुनै पनि सर्भर ह्याक नभएको जनाएको छ । केही दिनअघि टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डेटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको कुरा बाहिरिएको थियो ।

उक्त सम्बन्धमा टेलिकमले अध्ययनपछि सर्भरमा कुनै आक्रमण नभएको र सम्पूर्ण डेटा सुरक्षित रहेको स्पस्ट पारेकाे हाे ।

‘विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपश्चात डेटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानविन शुरु गरेको थियो,’ टेलिकमले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानविनपश्चात कम्पनीको कुनैपनि डेटा चोरी नभएको र उल्लेख भएका दाबीमा कुनैपनि सत्यता नरहेको पाइएको छ ।’

ग्राहकसँग सम्बन्धित डेटा सुरक्षित राख्न विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको कम्पनीले जनाएकाे छ । आगामी दिनमा समेत ग्राहकका विवरण सुरक्षित राख्न कम्पनी प्रतिबद्ध रहेको साे विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१