close

भोलिदेखि सरकारी कारोबारको हिसाब मिलान एसआईएस प्रणालीबाट

टेकपाना टेकपाना

असार ३१, २०७८ २१:२४

भोलिदेखि सरकारी कारोबारको हिसाब मिलान एसआईएस प्रणालीबाट

काठमाडौं । भोलिदेखि सरकारी कारोबारको हिसाब मिलानका लागि सुपरभाइजरी इन्फर्मेसन सिस्टम (एसआईएस) कार्यान्वयनमा आउने भएको छ ।

यो प्रणाली लागू भएसँगै नेपाल राष्ट्र बैंकबाट इजाजत पत्रप्राप्त ‘क’ वर्गका बैंकले गर्ने सरकारी कारोबारको हिसाब मिलान एसआईएसमार्फत् हुनेछ ।

यसअघि सरकारी कारोबारकाे विवरण ईमेलबाट राष्ट्र बैंकलाई पठाउने गरिएकाे थियाे । साउन १ देखि सरकारी काराेबारकाे हिसाब मिलान याे प्रणालीबाट प्राप्त विवरण बमाेजिम हुने व्यहाेरा राष्ट्र बैंककाे सूचनामा उल्लेख छ ।

अर्को निर्देशन नआएसम्म हालकै जस्तो ईमेलमार्फत पनि नियमित विवरण पेश गर्न अनुरोध गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१