close

मोबाइल बिनै म्यासेज गर्ने सुविधा थप्दै ह्वाट्सएप

टेकपाना टेकपाना

साउन १, २०७८ १०:४३

मोबाइल बिनै म्यासेज गर्ने सुविधा थप्दै ह्वाट्सएप

काठमाडाैं । अहिले ह्वाट्सएपमा म्यासेज पठाउन मोबाइल कनेक्ट हुनैपर्छ । मोबाइलबाहेक डेस्कटप र वेब पेजबाट पनि म्यासेज पठाउन सकिने भए पनि त्यसको लागि मोबाइल डिभाइस कनेक्ट हुनुपर्छ ।

तर अब भने ह्वाट्सएपले मोबाइल कनेक्ट नभए पनि म्यासेज गर्ने सुविधा थप्ने भएको छ । यस्तो अवस्थामा प्रयोगकर्ताको मोबाइलको ब्याट्री सकिए पनि ह्वाट्सएपबाट म्यसेज गर्न सकिनेछ ।

मोबाइलमा कनेक्ट नभइकन पनि कम्युटर र ट्याब्लेटबाट ह्वाट्सएपमा म्यासेज गर्न सकिने कम्पनीले जनाएको छ । सुरुमा यो सुविधा सानो प्रयोगकर्ताको समूहमाझ परीक्षणको रुपमा सुरु हुनेछ र यसमा सुधार गरेर सबै प्रयोगकर्तामाझ सेवा सुरु गरिने ह्वाट्सएपले जनाएको छ ।

ह्वाट्सएपले आफ्नो म्यासेजिङ एप सुरक्षित रहेको प्रचार गर्न इन्ड-टु-इन्ड इन्स्क्रिप्सनलाई मुख्य जोड दिने गरेको छ । नयाँ फिचरमा पनि यो सुविधा लागू हुने कम्पनीले जनाएको छ । ह्वाट्सएपले यो फिचर घोषणा भर्खरै गरेको भए पनि ह्वाट्सएपका अन्य प्रतिस्पर्धी एपमा यो सुविधा पहिल्यै छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१