close

आईएमई पेबाट दराजमा सामान किन्दा आईफोन १२ जित्ने अवसर

टेकपाना टेकपाना

साउन १, २०७८ ११:६

आईएमई पेबाट दराजमा सामान किन्दा आईफोन १२ जित्ने अवसर

काठमाडौं । आईएमई पे र ई-कमर्स प्लेटफर्म दराजबीच व्यवसायिक सम्झौता भएको छ । सम्झौता अनुसार दराजका सेवाग्राहीहरुले दराजबाट समान खरिद गर्दा आईएमई पेबाट सजिलै भुक्तानी गर्न सक्ने सो बापत ग्राहकले आकर्षक उपहार जित्न सकिने भएको छ ।

साउन १ गतेबाट शुरू हुने १ रुपैयाँ गेम र साउन ३ गतेबाट शुरू हुने दराज महाबचत उपहार योजनामा सहभागी भई ग्राहकले आइफोन १२ का साथै थुप्रै उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । तर त्यसका लागि ग्राहकले सामानको बिल आईएमई पेबाटै भूक्तानी गर्नुपर्नेछ ।

सम्झौता पत्रमा आईएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकासकुमार नाहाटा र दराज केमु प्रालि नेपालका प्रबन्ध निर्देशक लिनो अह्लेरिङ्गले हस्ताक्षर गरेका छन् ।

बुधवार पानीपोखरी स्थित आईएमई ग्रुपको केन्द्रीय कार्यालयमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै आईएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष एवम् आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले दराज जस्तो ई-कमर्श कम्पनी र आइएमई पे जस्तो डिजिटल भुक्तानी सेवा प्रदायकवीच भएको सहकार्यले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्त्वपूर्ण भूमिका खेल्न बताए ।

साथै, प्रबन्ध निर्देशक ढकालले कोभिड-१९ ले प्रभावित साना तथा मझौला उद्योगव्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडि डिजिटल कारोबारको माध्यमबाट व्यवसायको अभिवृद्धिमा दराज र आईएमई पेले सक्दो भूमिका खेल्ने प्रतिवद्वता समेत व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१