काठमाडौं । अहिले गर्मी सिजन चलिरहेको छ । घरमा चिसो पानी तयार पार्न होस् वा तरकारी फलफूल सुरक्षित पार्न नै किन नहोस्, रेफ्रिजेरेटर आवश्यक हुन्छ ।
यदि तपाईं पनि नयाँ रेफ्रिजेरेटर खरिद गर्ने योजनामा हुनुहुन्छ भने, सामसङका रेफ्रिजेरेटर तपाईंका लागि राम्रो विकल्प बन्न सक्छन् । कम्पनीले नेपाली बजारका लागि उपलब्ध सम्पूर्ण मोडल, क्षमता, कलर भेरियन्ट र त्यसको मूल्य सहितको सूची सार्वजनिक गरेको छ ।
कम्पनीले सिंगल डोर, डबल डोर, फाइभ इन वान कन्भर्टिबल डबल डोर, साइडबाई साइड डोर र फ्रेन्च डोर गरी पाँच प्रकारका रेफ्रिजेरेटर यसमा छन् । तलको मूल्य सूचीमा सुरुदेखि २१२ लिटर क्षमताको मोडेल कोड RR22T282ZCR/IM भएको क्यामेलिया रेड कलरसम्मका सबै रेफ्रिजेरेटर सिंगल डोर हुन् ।
त्यसपछिका २५३ लिटर क्षमताको RT28T3221U8/IM मोडल कोड भएको ब्लुमिङ स्याफर्न कलरसम्म डबल डोर, ५५१ लिटर क्षमताको RT56K6378SL/TL मोडल कोड भएको रियल स्टेनलेस कलरसम्म फाइभ ईन वान कन्भर्टिबल डबल डोर, ६८९ लिटर क्षमता RS73R5561B4/TL मोडल कलरसम्म साइड बाई साइड डोर र अन्तिमका दुई ओटा फ्रेन्च डोर भएका रेफ्रिजेरेटर हुन् ।
यसमा तपाईंले आफ्नो आवश्यकता र बजेट अनुसार ३४ हजार ९९० रुपैयाँदेखि दुई लाख ७९ हजार ९९० रुपैयाँसम्मका विभिन्न विकल्पहरु पाउन सक्नुहुनेछ ।