close

याहूले १ अर्ब डलरमा फेसबुक किन्ने भनेपछि त्यत्रो पैसा के गर्ने भनेर आत्तिएका थिए जुकरबर्ग

टेकपाना टेकपाना

साउन १, २०७८ २२:१५

याहूले १ अर्ब डलरमा फेसबुक किन्ने भनेपछि त्यत्रो पैसा के गर्ने भनेर आत्तिएका थिए जुकरबर्ग


काठमाडौं । फेसबुकका मालिक मार्क जुकरबर्गले कुनै समय याहूले फेसबुक खरिदका लागि एक अर्ब डलरको प्रस्ताव गर्दा आफू आत्तिएको बताएका छन् ।

याहूबाट एक्कासी एक अर्ब डलरको प्रस्ताव आउँदा उक्त पैसा के गर्ने भन्ने विषयमा त्यति बेला आफू अन्याैलमा परेको दिग्गज सामाजिक सञ्जाल कम्पनी फेसबुकको नाममा मंगलबार सार्वजनिक भएको पुस्तकमा उल्लेख गरिएको छ ।

उक्त समयमा फेसबुकका बोर्ड सदस्यले समेत जुकरबर्गलाई याहूको उक्त अफर स्वीकार गरी अघि बढ्न सुझाव दिएका थिए ।

‘याहूले दिएको पैसा लिएर उनले आफूले चाहेको जस्तोसुकै काम पनि गर्न सक्ने भन्दै बोर्ड सदस्यको सुझाव आएको थियो,’ पत्रकार शीरा फ्रेन्केल र सेसिलिया काङले लेखेको पुस्तक ‘एन अग्ली ट्रुथः इन्साइड फेसबुक ब्याटल फर डोमिनेसन’ मा उल्लेख गरिएको छ ।

याहूले प्रस्ताव गरेको एक महिना पश्चात जुकरबर्गले बोर्ड सदस्य र भेन्चर क्यापिटललाई उक्त पैसा के गर्ने भन्ने कुराले आफू अन्योलमा परेको विषय उक्त पुस्तकमा उल्लेख गरिएको छ ।

त्यतिमात्रै नभएर यदि उनले याहूको उक्त अफर स्वीकार गरेको खण्डमा आफूले फेसबुकजस्तै नयाँ सामाजिक सञ्जाल नै ल्याउने भित्री योजना समेत बनाएको उल्लेख गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१