close

टेलिकमको समर अफर, ५५ रुपैयाँमा २ जिबी डेटा

टेकपाना टेकपाना

साउन १, २०७८ २०:२८

टेलिकमको समर अफर, ५५ रुपैयाँमा २ जिबी डेटा

टेलिकमले आफ्नो विभिन्न प्याकेजलाई समर अफर अन्तर्गत राखी थप सुविधा दिने भएको छ । टेलिकमले पहिल्यैदेखि उपलब्ध प्याकेजलाई समर प्याकेज अन्तर्गत राखेर सुविधा थप गरेको हो ।

टेलिकमका अनुसार प्रयोगकर्ताले समर अफर अन्तर्गत प्रतिदिन ५५ रुपैयाँ तिरेर २ जिबी डेटा प्रयोग गर्न पाउँनेछन् । यस्तै, लकडाउन अफरको हरेक दिन बिहान ५ बजेदिेखि बेलुकी ५ बजेसम्म ३९ रुपैयाँमा १ एमबीपीएस डे अनलिमिटेड अफरलाई पनि निरन्तरता दिइएको टेलिकमले जनाएको छ ।

टेलिकमको भीओएलटीई सेवा प्रयोग गर्न चाहने ग्राहकका लागि एक पटकका लागि उपलब्ध हुने १०० मिनेट निःशुल्क भ्वाइस कल सुविधालाई पनि यथावत् राखिएको कम्पनीले जनाएको छ । निःशुल्क भ्वाइस कल सुविधा प्रयोगकर्ताले २८ दिनभित्र प्रयोग गरिसक्नुपर्ने हुन्छ ।

टेलिकमको कर्पोरेट युजर ग्रुप अफरमा पनि सुविधा थप गरिएको छ । प्रिपेडटर्फ २ सय पोष्टपेडतर्फ ५ सय रुपैयाँको प्याकेजमा उपलब्ध हुने डेटा थप गरिएको कम्पनीले जनाएको छ ।

२ सयतर्फको प्याकेजका ग्राहकले जुनसुकै समयमा प्रयोग गर्न सकिने १ जिबी डेटा समेट उपलब्ध हुने कम्पनीले जनाएको छ भने ५ सय तर्फ प्याकेज लिने ग्राहकले ५ जिबी डेटा सुविधा थप पाउने भएका छन् । यसमा टेलिकम र अन्य नेटवर्कमा निःशुल्क कल गर्ने सुविधा र एसएमएस सुविधा पनि रहनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१