close

उज्ज्वल थापाको उपचारमा उठेको रकमबाट आविष्कार केन्द्रलाई १५ लाख

टेकपाना टेकपाना

साउन २, २०७८ २०:४९

उज्ज्वल थापाको उपचारमा उठेको रकमबाट आविष्कार केन्द्रलाई १५ लाख

काठमाडौं । विवेकशील साझा पार्टीका संस्थापक एवं आईटी उद्यमी स्व. उज्ज्वल थापाको उपचारमा उठेको रकमबाट १५ लाख रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ ।

थापाको उपचारका लागि विभिन्न ठाउँबाट ६७ लाख ८३ हजार ४८५ रुपैयाँ उठेको पार्टीका सहसंयोजक मिलन पाण्डेले जानकारी दिए । उनका अनुसार उपचार र अन्य खर्चपछि ४२ लाख ५२ हजार २०२ रुपैयाँ बाँकी रहेको थियो ।

उक्त रकम दाताहरूलाई फिर्ता गर्न व्यवस्थापनको दृष्टिकोणले असम्भवप्रायः देखिएकाले परिवार तथा साथी र शुभेच्छुकहरूको छलफलले कोभिडको महामारीमा चिकित्सकीय तथा जीविकोपार्जन समस्या भोगिरहेकाहरूलाई सहयोग गरिरहेका संस्थाहरूलाई प्रदान गर्नु उचित हुने निष्कर्ष निकालिएको पाण्डेले बताए ।

यसअन्तर्गत विभिन्न निकाय र संस्थालाई यो रकम प्रदान गरिएको छ । जसमा राष्ट्रिय आविष्कार केन्द्रलाई १५ लाख रुपैयाँ प्रदान गरिएको हाे ।

थापाकाे जेठ १८ गते निधन भएकाे थियाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१