close

बुधबार सार्वजनिक हुँदै ‘सामसङ ग्यालेक्सी एम २१’, कस्ता होलान् फिचर ?

टेकपाना टेकपाना

साउन २, २०७८ २१:४३

बुधबार सार्वजनिक हुँदै ‘सामसङ ग्यालेक्सी एम २१’, कस्ता होलान् फिचर ?

काठमाडौं । सामसङ ग्यालेक्सी एम २१ काे २०२१ संस्करण आउँदो बुधबार सार्वजनिक हुने भएकाे छ । कम्पनीले ग्यालेक्सी एम २१ गत वर्ष मार्च महिनामा सार्वजनिक गरेको थियो ।

यो वर्ष सोही स्मार्टफाेनकाे २०२१ संस्करण सार्वजनिक हुँदै छ । अमेजन डट इनले जुलाई २१ मा अमेजन प्राइम डे को अवसर पारेर यो स्मार्टफाेन भारतीय बजारको लागि सार्वजनिक गर्ने भएको हो ।

अमेजनले आफ्नो वेबसाइटमा प्रोमो पेज बनाएर ग्यालेक्सी एम २१ काे २०२१ संस्करणको डिजाइन र फिचरहरूको बारेमा पनि जानकारी दिएको छ । 

६००० एमएएचको व्याट्री भएको यो फोनमा ६.४ फुल एचडी एमोलेड इन्फिनिटी-यु डिस्प्ले रहेको छ । स्मार्टफाेनकाे पछाडि जीएम २ सेन्सर सहित ४८ मेगापिक्सेलको प्राइमरी क्यामेरा सहित तीनवटा क्यामेरा छन् ।

रेर माउन्टेड फिन्गरप्रिन्ट स्क्यानर भएको यो स्मार्टफाेन दुईवटा कलरमा पाइनेछ; चारकोल ब्ल्याक र आर्टिक ब्लु ।  स्मार्टफाेनका अन्य फिचर भने सार्वजनिक भइसकेको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१