close

ब्रोडब्याण्ड, दूरसञ्चार र आईसीटी नीतिलाई गाभेर एकीकृत सूचना प्रविधि नीति बनाइने

टेकपाना टेकपाना

साउन ३, २०७८ २०:२४

ब्रोडब्याण्ड, दूरसञ्चार र आईसीटी नीतिलाई गाभेर एकीकृत सूचना प्रविधि नीति बनाइने

काठमाडौं । सरकारले दूरसञ्चार क्षेत्रका तीन फरक नीतिलाई एउटै बनाउने भएको छ । लामो समयदेखि परिमाजर्न हुन नसकेको ब्रोडब्यान्ड, दूरसञ्चार र सञ्चार तथा सूचना प्रविधि नीतिलाई एकीकृत गर्ने तयारी भएको हो । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष  २०७८/०७९ को बजेटमा यसलाई समावेश गरेको हो ।

हुन त यो कार्यक्रम अघिल्लो आर्थिक वर्षबाटै अघि बढेको थियो । यसअघि गत आव २०७७/०७८ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई पत्र पठाउँदै एकीकृत सूचना नीतिको काम अघि बढाउन निर्देशन दिएको थियो । यसका लागि मन्त्रालयले टर्म अफ रिफ्रेन्स (क्षेत्राधिकार) स्वीकृत गरी प्राधिकरणलाई मस्यौदा तयार गर्न निर्देशन समेत गरिसकेको छ ।

त्यसैका आधारमा प्राधिकरणले यो आवमा २० लाख रुपैयाँ छुट्याएको छ । जसमा उक्त नीति निर्माणका लागि परामर्शदाता छनोट गर्ने, सम्बन्धित सरोकारवालासँग छलफल गरी कार्यान्वयनमा ल्याउने कार्यक्रम प्राधिकरणले राखेको छ ।

दूरसञ्चार नीति २०६०, ब्रोडब्यान्ड नीति २०७१ र सूचना तथा सञ्चार प्रविधि नीति २०७२ परिमार्जनको सिलसिलामा उपयुक्त तीन वटै नीतिलाई समेटी एकीकृत सूचना प्रविधि नीति तर्जुमा गरिने जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१