close

यी धार्मिक तथा पर्यटकीय स्थलमा यो वर्ष उपलब्ध हुनेछ निःशुल्क वाईफाई

टेकपाना टेकपाना

साउन ३, २०७८ १८:१२

यी धार्मिक तथा पर्यटकीय स्थलमा यो वर्ष उपलब्ध हुनेछ निःशुल्क वाईफाई


काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यो वर्ष २५ भन्दा बढी धार्मिक तथा पर्यटकीय स्थलमा नि:शुल्क वाईफाई उपलब्ध गराउने भएको छ । त्यसका लागि प्राधिकरणले चालु आव २०७८/०७९ को बजेटमार्फत यो परियोजना अघि बढाएको हो ।

त्यसका लागि प्राधिकरणले १५ करोडको बजेट छुट्याएको छ । जसमा एभरेस्ट बेस क्याम्प, अन्नपूर्ण सर्किट, लुम्बिनी परिसर, जानकी मन्दिर परिसर, पाथिभरा, हलेसी, चिवा भन्ज्याङ, लाभ्रे कुटी, हिलियांग दरबारक्षेत्र समावेश भएका छन् ।

त्यस्तै स्वर्गद्वारी, बराह क्षेत्र, मुक्तिनाथ र गुरुद्वारा, मनास्लु सर्किट, लामटाङ ट्राक, लमजुङ, राम्दीघाट, छायाक्षेत्र, सत्यवतीताल, सेतिबिनी, रिडी, बागलुङ कालिका, सूर्यविनायक नगर पालिकाका पर्यटकीय तथा धार्मिक क्षेत्रमा समेत निशुल्क वाईफाई उपलब्ध गराइने उल्लेख गरिएको छ ।

त्यसो त धार्मिक तथा पर्यटकीय स्थलमा निशुल्क वाईफाई उपलब्ध गराउने विषय प्राधिकरणले पछिल्ला केही वर्षबाट गर्दै आएको छ । त्यसैको निरन्तरता अन्तरगत यो वर्ष पनि थप स्थानमा निशुल्क वाईफाई उपलब्ध गराउने तयारी प्राधिकरणले गरेको हो ।

प्राधिकरणका अनुसार यो आवमा थप नयाँ गन्तव्य पहिचान गरी आर्थिक आउँदो चैतसम्म उल्लेखित स्थानमा वाईफाई उपलब्ध गराउने योजना रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१