close

यसै वर्षदेखि जीपीएस ट्र्याकिङ सेवा

टेकपाना टेकपाना

साउन ३, २०७८ १९:४४

यसै वर्षदेखि जीपीएस ट्र्याकिङ सेवा

काठमाडौं । सरकारले यसै वर्षदेखि सवारी साधनमा जीपीएस ट्र्याकिङ सेवा सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाउने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरससञ्चार प्राधिकरणले जीपीएस ट्र्याकिङ सेवाका लागि अनुमतिपत्र प्रदान गर्ने भएसँगै यो सेवा सञ्चालनमा आउने भएको हो ।

प्राधिकरणले यसका लागि आवश्यक निर्देशिका यस अघि नै तयार पारिसकेको छ । सोही निर्देशिका अनुसार असोज मसान्तभित्र अनुमतिपत्रको मस्यौदा तयार पार्ने र पुस मसान्तसम्म अनुमतिपत्र जारी गर्ने प्रकृया सुरु गर्ने योजना प्राधिकरणले बनाएको छ ।

त्यसपश्चात चैतसम्ममा जीपीएस ट्र्याकिङ सेवा प्रदान गर्नका लागि अनुमतिपत्र जारी हुनेछ । यसबाट सेवाग्राहीहरुले थप सेवा पाउनुका साथै सरकारको राजस्वमा समेत बृद्धि हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१