close

कला र प्रविधि प्रेमीका लागि ‘ओप्पो रेनोभेटर्स २०२१’ घोषणा

टेकपाना टेकपाना

साउन ३, २०७८ १८:५६

कला र प्रविधि प्रेमीका लागि ‘ओप्पो रेनोभेटर्स २०२१’ घोषणा

काठमाडौं । चिनियाँ ब्राण्ड ओप्पोले आधिकारिक रुपमा ‘ओप्पो रेनोभेटर्स २०२१’, इमर्जिङ आर्टिस्ट प्रोजेक्टको तेस्रो संस्करण घोषणा गरेको छ । विश्वभरका कला तथा प्रविधिप्रेमीहरुको प्रतिस्पर्धा हुनुका साथै नयाँ रचनाकारलाई कला तथा प्रविधिमार्फत भविष्यको सटिक कल्पना गर्न सघाउने प्लेटर्फमका रुपमा याे कार्यक्रम सहयाेगी हुने कम्पनीको दाबी छ ।

विश्वभर रेनोभेटर्स कार्यक्रमको थालनीमार्फत ओप्पोले उदयीमान कलाकारहरुका लागि उनीहरुका काम प्रदर्शित गर्ने तथा स्थापित कलाकारहरुबाट मार्गदर्शन प्राप्त गर्दै सही करियर निर्माण गर्न सघाउने र सक्रिय समुदायको निर्माण गर्ने कम्पनीले जनाएकाे छ ।

यस वर्षको रेनोभेटर्स कार्यक्रमको थिम (विषय) ‘प्रकाश’ हो । अधिकांश जीवनका लागि अपरिहार्य अंग तथा पृथ्वीमा शक्तिको प्रमुख स्राेतका रुपमा प्रकाशलाई सधैं नै माया तथा आशाजस्ता सकारात्मकताको प्रतिकका रुपमा लिने गरिन्छ ।

प्रकाशको न्यानोपन तथा चमकमार्फत शान्ति र आशावादको प्रत्याभूति दिन सकिने र यसैमार्फत युवा रचनाकारलाई कलाको नयाँ सीमा कोर्दै सिर्जनाशिलताका लागि झिल्काे प्रदान गर्न सकिने कुराप्रति आफू आशावादी रहेको कम्पनीले जनाएको छ ।

ओप्पो रेनोभेटर्स २०२१ को विषय, ‘प्रकाश’ मातहत आर्ट टेक र आर्ट टोय गरी दुई व्यवसायिक प्रतिस्पर्धाका कोटी सम्मिलित छन् । साथै, रचनात्मक उत्साहीहरुका लागि पोट्रेट खिच्ने स्पर्धापनि राखिएको छ ।

आर्ट टेक कोटीमा युवा कलाकारहरुले स्वतन्त्ररुपमा कला र प्रविधिको फ्युजन प्रस्तुत गर्न सक्नेछन् । आर्ट टोय कोटीमा कलाकारलाई ओप्पोको म्यासकोट, ओलीमा आफ्नो सिर्जनात्मक स्वतन्त्रता ‘कलेक्टिबल डिजाइनर टोय’ का रुपमा प्रस्तुत गर्न सक्नेछन् । त्यसैगरी, पोट्रेट क्याप्चर कोटीमा प्रतिस्पर्धीहरुले पोट्रेट ईमेज वा भिडियो मार्फत मानव कथाहरु प्रस्तुत गर्न सक्छन् ।

ओप्पो रेनोभेटर्स २०२१ मा भाग लिन तथा थप जानकारीका लागि ओप्पो रेनोभेटर्स २०२१ को आधिकारिक वेबसाइटमा जान सकिन्छ । प्रतिस्पर्धामा सहभागिताका लागि आर्टवर्कस अगस्ट २९, २०२१ सम्म सब्मिट गर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१