close

भिभोको सस्ताे फाेन नेपाली बजारमा

टेकपाना टेकपाना

साउन ४, २०७८ १०:३७

भिभोको सस्ताे फाेन नेपाली बजारमा

काठमाडौं । भिभोले नेपाली बजारमा वाई सिरिजको भिभो वाई वान एस (Vivo Y1s) सार्वजनिक गरेको छ । युवा प्रयाेगकर्तालाई लक्षित गर्दै कम्पनीले याे फाेन बजारमा ल्याएकाे हाे ।

४०३० एमएएच ब्याट्री भएको यो फोनमा ६.२२ इन्चको हलो फुलभियु डिस्प्ले रहेकाे छ । अरोरा ब्लु र ओलिभ व्ल्याक गरी दुई कलरमा उपलब्ध फाेनकाे मूल्य १२ हजार ९९९ रूपैयाँ ताेकिएकाे छ ।

फाेनमा २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज रहेको छ, जसले २५६ जीबीसम्मको माइक्रो एसडी कार्ड सपोर्ट गर्छ । मात्र १६१ ग्रामको यो फोनमा १३ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलकाे सेल्फी क्यामेरा रहेको छ । क्यामेरामा विभिन्न इफेक्ट फिचरहरू पनि उपलब्ध रहेको छ ।

एन्ड्रोइड १० मा आधारित यो फोनमा ओएस १० रहेको छ । युवामाझमा लोकप्रिय बनेको भिभोको वाई सिरिजलाई मध्यनजर गर्दै वाई सिरिजको सस्ताे फोन बजारमा ल्याएको कम्पनीको भनाइ छ ।

यो फोन मल्टिमिडिया कामका लागि ‘आइ प्रोटेक्सन’ सहित उपलब्ध भएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१