close

डेढ खर्बमा ब्रिटिश गेम स्टुडियो खरिद गर्दै पब्जीको प्यारेन्ट कम्पनी टेन्सेन्ट

टेकपाना टेकपाना

साउन ४, २०७८ १६:३८

डेढ खर्बमा ब्रिटिश गेम स्टुडियो खरिद गर्दै पब्जीको प्यारेन्ट कम्पनी टेन्सेन्ट

काठमाडौं । पब्जीको प्यारेन्ट कम्पनी टेन्सेन्टले ब्रिटिश भिडिओ गेम कम्पनी सुम ग्रुप खरिद गर्ने घोषणा गरेको छ । गेम इन्डस्ट्री डट बिज रिपोर्टअनुसार कम्पनीले १.२७ अर्ब अमेरिकी डलर अर्थात करिब एक खर्ब ५१ अर्ब १३ करोड रुपैयाँमा उक्त गेमिङ कम्पनी खरिद गर्ने भएको हो ।

डेभलपर कम्पनीमा यस अघि देखि नै चिनियाँ दिग्गज प्रविधि कम्पनी टेन्सेन्टको ८.७५ प्रतिशत शेयर स्वामित्व रहेको छ । शेफिल्ड इङ्ग्ल्याण्डमा अवस्थित सुमोको मूख्य स्टुडियो सुमो डिजिटलले गेमिङ क्षेत्रका लागि ठूला ठूला सम्झौता प्राप्त गरेको छ ।

यसले स्याकबोईः अ बिग एड्भेन्चरको नाममा सार्वजनिक भएको सोनीको प्लेस्टेसन फाइभ विकास गरेको थियो । यसका साथै यो माइक्रोसफ्टको एक्सबक्स कन्सोल र पीसीका लागि क्र्याकडाउन थ्री बनाउने प्रमुख स्टुडियो समेत हो । सन् २०१७ मा सुमोले विभिन्न प्लेटफर्मका लागि स्नेक पास सार्वजनिक गरेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१